पहिरोको त्रासले रातभर जाग्राम « Khabarhub

पहिरोको त्रासले रातभर जाग्राम


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– लगातारको वर्षाका कारण बाजुरा जिल्लाका अधिकांश बस्ती पहिरोको जोखिममा रहेका छन् । जथाभावी सडक खनेका कारण बस्ती जोखिममा परेका हुन् ।

बस्तीको बीचमा सडक खनेपछि अधिकांश बस्ती पहिरोको जोखिममा परेका हुन् । ती बस्तीका बासिन्दा रातभर जाग्राम बस्ने गरेका छन् । पहिरोको डरले उनीहरु सुरक्षित स्थानमा गई बास बस्ने गरेका छन् । बूढीनन्दा नगरपालिका–७ सेरकाटियाको दलित बस्ती भएर सडक खनेपछि बस्ती धरापमा परेको दत्त विकले बताए ।

मार्तडी–कोल्टी सडक खण्डमापर्ने उक्त बस्तीका ४५ दलित परिवार बढी जोखिममा परेको स्थानीयवासी जयबहादुर विकले बताए । “सुरक्षित स्थानमा बस्ती स्थानान्तरणका लागि नगरपालिकालाई गुहार्दै आएका छौँ”, उनले भने ।

बूढीनन्दाका नगर प्रमुख पदमकुमार गिरीले नगरपालिकाका सबै वडाका बस्तीमा सडक खनेका कारण पहिरोको जोखिम रहेको बताए । “बस्ती सार्न उपयुक्त ठाउँ खोज्दै छौँ”, उनले भने । बूढीनन्दा नगरपालिकाको पिपलडालीस्थित हलिया बस्ती पनि पहिरोको जोखिममा छ ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ७ : ५९ बजे

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री

राम्रो खेल्न सक्ने नेपाली फुटबल खेलाडी थोरै छन् : मुख्य प्रशिक्षक एरिना

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिइल्मो एरिनाले

ढोरपाटनमा थप दुईजनामा दादुरा संक्रमण पुष्टि

काठमाडौं – बागलुङको ढोरपाटन नगरपालिकामा थप दुईजनामा दादुरा संक्रमण पुष्टि