बुद्धको मूर्ति तोडफोडमा संलग्नलाई कारबाहीको माग « Khabarhub

बुद्धको मूर्ति तोडफोडमा संलग्नलाई कारबाहीको माग


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले राजमार्गमा स्थापना गरिएका बुद्धमूर्ति तोडफोडमा सङ्लग्नलाई कारबाहीको दायरामा ल्याउन प्रशासन गम्भीर हुनुपर्ने बताएका छन् ।

प्रदेश सरकारको आयोजनामा शुरु भएको लुम्बिनी भ्रमण वर्ष २०७६ का अवसरमा तिलोत्तमा नगरपालिकाले नगरक्षेत्रमा पर्ने सिद्धार्थ राजमार्गमा स्थापना गरेका बुद्धका मूर्तिमध्ये पाँचवटा मूर्ति अज्ञात समूहले बुधबार राति तोडफोड गरी क्षति पु¥याएका थियो ।

सो घट्नापछि मन्त्री गिरीले आज मन्त्रालयमा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हृदय थापा, सशस्त्र प्रहरी प्रहरी उपरीक्षक वसन्त बोगटी र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख नवीन अधिकारीसँग छलफल गरी घटनालाई गम्भीर रुपमा लिएर उक्त कार्यमा संलग्नलाई छिटो कानूनी दायरामा ल्याउन आग्रह गरे ।

मन्त्री गिरीले शान्तिका अग्रदूत गौतमबुद्धका मूर्ति तोडफोडको घटनाबाट शान्तिप्रिय जनताको भावनामा चोट पुगेको बताए । उनले बुद्धजन्मस्थलमै यस खालको शान्ति विरोधी गतिविधि हुनुले नकारात्मक सन्देश फैल्याउने भन्दै घटनामा दोषीलाई कारवाही गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ९ : ११ बजे

नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ

नेपालगन्ज– यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट प्रहरीले बिहीबार दुई चिकित्सकसहित पाँच

ब्राजिललाई झट्का : हैटीविरुद्धको खेल पनि नेयमारले गुमाउने

काठमाडौँ – ब्राजिलका स्टार फरवार्ड नेयमारले विश्वकप फुटबलअन्तर्गत हैटीविरुद्धको दोस्रो

विश्वकपमा क्यानडाको ऐतिहासिक जित : दुई रातो कार्ड खाएको कतार ६-० ले पराजित

काठमाडौँ – जोनाथन डेभिडको सानदार ह्याट्रिकको मद्दतले सह-आयोजक क्यानडाले विश्वकप

१० खेलाडीमा सिमित बोस्नियामाथि स्विट्जरल्यान्डको चार गोल

काठमाडौँ – जोहान मान्जाम्बीको उत्कृष्ट प्रदर्शन र अन्तिम समयको गोल

विश्वकप : पेनाल्टीसँगै जोगियो दक्षिण अफ्रिका

काठमाडौँ – विश्वकप फुटबलअन्तर्गत समूह ‘ए’ को रोमाञ्चक खेलमा दक्षिण