बुद्धको मूर्ति तोडफोडमा संलग्नलाई कारबाहीको माग | Khabarhub Khabarhub

बुद्धको मूर्ति तोडफोडमा संलग्नलाई कारबाहीको माग


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले राजमार्गमा स्थापना गरिएका बुद्धमूर्ति तोडफोडमा सङ्लग्नलाई कारबाहीको दायरामा ल्याउन प्रशासन गम्भीर हुनुपर्ने बताएका छन् ।

प्रदेश सरकारको आयोजनामा शुरु भएको लुम्बिनी भ्रमण वर्ष २०७६ का अवसरमा तिलोत्तमा नगरपालिकाले नगरक्षेत्रमा पर्ने सिद्धार्थ राजमार्गमा स्थापना गरेका बुद्धका मूर्तिमध्ये पाँचवटा मूर्ति अज्ञात समूहले बुधबार राति तोडफोड गरी क्षति पु¥याएका थियो ।

सो घट्नापछि मन्त्री गिरीले आज मन्त्रालयमा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हृदय थापा, सशस्त्र प्रहरी प्रहरी उपरीक्षक वसन्त बोगटी र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख नवीन अधिकारीसँग छलफल गरी घटनालाई गम्भीर रुपमा लिएर उक्त कार्यमा संलग्नलाई छिटो कानूनी दायरामा ल्याउन आग्रह गरे ।

मन्त्री गिरीले शान्तिका अग्रदूत गौतमबुद्धका मूर्ति तोडफोडको घटनाबाट शान्तिप्रिय जनताको भावनामा चोट पुगेको बताए । उनले बुद्धजन्मस्थलमै यस खालको शान्ति विरोधी गतिविधि हुनुले नकारात्मक सन्देश फैल्याउने भन्दै घटनामा दोषीलाई कारवाही गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ९ : ११ बजे

स्वर्णलक्ष्मीको बचत ठगीमा पक्राउ कांग्रेस सांसद राईविरुद्ध दुई अभियोगमा मुद्दा

काठमाडौं- सहकारी ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी समानुपातिक सांसद

नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री 

मोरङ– गृहमन्त्री रमेश लेखकले नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त

रवीन्द्र मिश्र र दुर्गा प्रसाईं अझै ५ दिन हिरासतमा बस्नुपर्ने

काठमाडौं- काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र

पत्नीको स्मृतिमा ४० लाखको अक्षयकोष, सामाजिक काममा लगाइने

पोखरा– पूर्व प्रशासक कृष्णप्रसाद रेग्मीले सामाजिक कामका लागि ४० लाख

जब घरमा पाल्न ल्याएको सिंहले मालिकलाई नै खाइदियो

नजाफ, इराक – इराकको कुफा शहरमा एक हृदयविदारक घटना भएको