तिलोत्तमा गोल्डकपः दार्जिलिङ्गविरुद्ध पुलिसको दुई गोल « Khabarhub

तिलोत्तमा गोल्डकपः दार्जिलिङ्गविरुद्ध पुलिसको दुई गोल


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– बुटवलमा जारी तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा जित निकाल्दै विभागिय टिम नेपाल पुलिस क्लवले विजयी शुरुवात गरेको छ ।

युनाइटेड फुटबल क्लव दार्जलिङ्गलाई २–० गोल अन्तरले पराजित गर्दै पुलिसले विजयी शुरुवात गरेको हो । खेलको पहिलो हाफको अन्तिममा अतिरिक्त समयको सदुपयोग गर्दै नेपाल पुलिसका रबि पासवानले ४७ औं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए ।

त्यस्तै दोस्रो हाफको ६३ औं मिनेटमा पुलिसका मिलन राईले गोल गर्दै पुलिसको जित सुनिश्चित गराएका थिए । खेलको म्यान अफ दि म्याच बनेका रबि पासवान नगद १० हजार पुरस्कार प्राप्त गरे ।

त्यसैगरी बुधबार विदेशी पाहुना टोली टिम क्यामरुन र झापा ११ बिच प्रतिस्पर्धा हुने आयोजक रुपन्देही जिल्ला फुटबल संघले जनाएको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा फुटबल जारी छ ।

प्रतियोगितामा नेपाल, भारत र क्यामरुनका गरी कुल १० टिमको सहभागिता रहेको छ । नेपालमा फुटबल खेलको विकास गर्ने उद्देश्य सहित वि.सं २०३३ सालमा तत्कालीन बुटवल नगर पन्चायतको आर्थिक सहयोगमा स्थापना भएको तिलोत्तमा गोल्डकपको यो २१ औं संस्करण हो ।

प्र्रतियोगितामा प्रथम हुने टिमले ८ लाख ८० हजार नगद पुरस्कारसहित गोल्डकप उचाल्नेछ भने दोश्रो हुने टिमले ५ लाख ५० हजार नगद प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान मोटरसाइकल प्राप्त गर्ने छ भने उत्कृष्ट गोलकिपर लगायत अन्य विधामा उत्कृष्ट हुनेलाई २५–२५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ६ : ५४ बजे

विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : यादव

कपिलवस्तु- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन

साउदी अरबका चार सहरमा हुथीको आक्रमण, ७३ भन्दा बढी घाइते

रियाद- इरान समर्थित यमनको हुथी समूहले साउदी अरबका चार सहरहरूमा

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं- एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको

चीनको व्यापार वृद्धि तीव्र

बेइजिङ- चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी

जेन-जी आन्दोलनमा पक्राउ परेकाको पक्षमा प्रदर्शन (तस्बिरहरू)

पोखरा– गत वर्ष भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि