पुँजी बजार खुला र प्रतिस्पर्धी बनाउन आग्रह « Khabarhub

पुँजी बजार खुला र प्रतिस्पर्धी बनाउन आग्रह


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभाको अर्थ समितिमा पूँजी बजारका सरोकारवालारले पुँजी बजारमा सुधारका कार्यक्रमको आवश्यकता रहेको औल्याएका छन् ।  समितिको बैठकमा पुँजीबजार विज्ञसहित सरोकारवालाहरुले पूँजी बजार खुला र प्रतिस्पर्धी बनाउन आग्रह गरेका छन् ।

समितिको बैठकमा पुँजीबजार विज्ञको रुपमा सहभागि हुनु भएका गोपाल भट्टले अहिले केहि महिना यता पूँजी बजारको दैनिक इन्डेक्समा देखिएको उतार चढाव सामान्य र स्वभाविक रहेको बताए । विज्ञ भट्टले सन् २००९ र २०१० प्रतिफल प्राप्ति शत प्रतिशतसम्म भएको र अहिले प्राप्तिमा २९ प्रतिशतसम्म मात्र कम भएको तर्क गर्दै बजारको स्वभाव नै तलमाथि हुने भएकोले अत्तिएर कुनै कदम नचाल्न आग्रह गरे ।
नेपाली पुँजी बजारलाई राजनीतिको सीधा प्रभाव पर्ने भएकोले नियमनकारी निकायमा बसेका जिम्मेवार ब्यक्तिले पुँजी बजारका बारेमा नकारात्मक प्रभाव पर्ने गरि नबोल्न आग्रह गरे ।

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा मार्फत व्याजदर नियन्त्रणको प्रयास गरेको छ । साथै बैंकलाई ब्रोकरको लाइसेन्स दिने बाटो पनि खुला गरिसकेको छ । राष्ट्र बैकको बैंकलाई ब्रोकरको लाइसेन्स दिने ब्यबस्थालाई भने ब्रोकर एसोसियसनले बिरोध गरेको छ भने नेपाल इन्भेष्टमेन्ट फोरमले स्वागत गरेको छ ।

शेयर बजारका विषयमा मिडियाहरुले दिने समाचारले पनि बजार प्रभावित भएको तर्क इन्भेष्टमेन्ट फोरमको रहेको छ । समितिको छलफलमा नेपाल स्टक एक्सेन्जका महाप्रवन्ध चन्द्र सिंह साउद पनि अनलाईन प्रणाली कार्यन्वयनमा आए सँगै बजारमा सकारात्मक प्रभाव परेको बताए ।
प्रतिनिधि सभाको अर्थ समितिले पछिल्लो समय पुँजी बजारमा आएको समस्या बारे सरोकारवालाहरु सँग निरन्तर छलफल गरिरहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ९ : ४७ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या