काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार ऐनमा व्यापक संशोधन गर्न लागिएको बताएका छन् ।
आइतबारबाट काठमाडौंमा शुरु भएको राष्ट्रिय युवा सम्मेलनमा बोल्दै उनले उक्त कुरा बताए । मन्त्री यादवले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका व्यथिति अन्त्य हुनेगरी सरकारले काम गरिरहेको जिकिर समेत गरे । उनले युवाहरुको भावनालाई सम्बोधन गर्न सरकार लागि परेको पनि बताए ।
मन्त्री यादवले वैदेशिक रोजगारीको क्षेत्रमा विगतमा देखिएका कमीकमजोरीहरु सच्याउने काम पनि भईरहेको बताए । उनले सरकारले युवाहरुको भावना अनुसार काम गर्न सक्दो प्रयास गरिरहेको पनि बताए ।














प्रतिक्रिया