इरानी तेल ट्याङ्कर नछाड्न अमेरिकाले गरेको आग्रह जिब्राल्टारद्वारा अस्वीकार « Khabarhub

इरानी तेल ट्याङ्कर नछाड्न अमेरिकाले गरेको आग्रह जिब्राल्टारद्वारा अस्वीकार


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सिरियाका लागि तेल ओसारिरहेको आशङ्कामा गत महिनामा पक्राउ गरिएको एक इरानी तेल ट्याङ्कर नछाड्न अमेरिकाले गरेको आग्रहलाई जिब्राल्टारले अस्वीकार गरेको छ ।

ग्रेस वान पानीजहाजलाई छाड्ने निर्णय भएको एक दिनपछि शुक्रबार अन्तिम समयमा अमेरिकाले त्यस्तो आग्रह गरेको थियो । अमेरिकी अनुरोध नकार्दै इरानी तेल ट्याङ्करलाई रिहा गर्ने जिब्राल्टरले निर्णय गरेको बीबीसीले जनाएको छ ।

अहिले उक्त पानीजहाज बन्दरगाहा छाड्दै भूमध्यसागरको उत्तरतर्फ अगाडि बढिरहेको छ।

अमेरिकी आग्रहबारे जिब्राल्टारले भनेको छ- फेरि पक्राउ गर्नुपर्ने कुनै कारण छैन किनकि इरानविरूद्धको अमेरिकी प्रतिबन्ध ईयूमा लागु हुँदैन।

अमेरिकी न्याय मन्त्रालयले उक्त जहाजको सम्बन्ध आफूले आतङ्कारी मान्ने इरानको ईश्लामिक रेभोलुस्नरी गार्डसँग रहेको भन्दै पक्राउको आग्रह गरेको थियो । जिब्राल्टारले भने आइतबार एउटा वक्तव्यमार्फत् उक्त आग्रहलाई स्विकार्न नसक्नुमा रेभोलुस्नरी गार्डलाई इयुले आतङ्कवादी संगठन नमान्नु रहेको बताएको छ।

इरानले आवश्यक परेमा आफ्ना जलसेनाहरू उक्त पानीजहाजलाई सुरक्षा दिंदै अगाडि बढाउन तयार रहेको बताएको थियो । उक्त पानीजहाजमा भारत, रूस, लाट्भिया र फिलिपिन्सका गरी २९ चालक दलका सदस्यहरू थिए ।

पानीजहाजलाई ब्रिटिश जलसेनाको सहयोगमा ४ जुलाईमा पक्राउ गरिएको छ । जिब्राल्टारले भनेको छ- उक्त कार्गो सिरिया नपुग्ने इरानी सुनिश्चितता भएपछि उक्त जहाज छाडिएको हो ।

इरानी पानीजहाजको नाम अहिले एर्डिएन डर्या वान भएको छ र इरानी झण्डा फहराउँदै अगाडी बढेको छ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ६ : ५२ बजे

भुरुङ्दीखोलामा पुल निर्माणको अन्तिम चरणमा

पर्वत– भुरुङ्दीखोलामा  निर्माणाधीन मोटरेबल पुल निर्माणको अन्तिम चरणमा पुगेको छ

आरपी पन्तको ‘समय’ सार्वजनिक

काठमाडौं – आरपी पन्तको म्युजिक भिडियो ‘समय’ सार्वजनिक भएको छ।

कांग्रेस महाधिवेशन विवाद : सभापति देउवाले शीर्ष नेतालाई छलफलमा बोलाए

काठमाडौं – नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन स्थगित गरेर महामन्त्रीद्वयले विशेष

निर्माणाधीन एसियाली राजमार्गमा दुर्घटना बढे

झापा– निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति

पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

कास्की– पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति