मन्दिरको ६ रोपनी जग्गा विप्लव समूहद्वारा कब्जा « Khabarhub

मन्दिरको ६ रोपनी जग्गा विप्लव समूहद्वारा कब्जा


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान– सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सल्यानमा ६ रोपनी जग्गा कब्जा गरेको छ। विप्लव समूहले जिल्लाको छत्रेश्वरी गाउँपालिका ६ लान्तीमा रहेको खैरावाङ मन्दिरको ६ रोपनी जग्गा कब्जा गरेको हो।

विप्लवको ‘जिल्ला जनपरिषद्’ सल्यानले सो जग्गामा झण्डा गाडेको छ भने कालो ब्यानर समेत टाँगेको छ । ब्यानरमा लेखिएको छ, ‘परिवर्तनकारी जनतालाई हाम्रो सलाम, दलाल, भ्रष्ट, भूमाफिया हाम्रो निशानी, जन युद्धको क्रममा कब्जा गरिएका सबै जग्गा पुन जनपरिषद् नेपालले आजको मितिदेखि आफ्नो नियन्त्रणमा लिएको जानकारी गराउँदछौँ।’

विप्लवले कब्जा गरेको जग्गा जनयुद्धकालमा तत्कालीन माओवादीले पनि कब्जामा लिएको थियो। शान्ति प्रकृयामा आइसकेपछि कब्जा फिर्ता भएको थियो। अहिले यो जग्गालाई वार्षिक १३ हजार भाडा तिरेर एक व्यक्तिले खेतीपाती गर्दै आएको खैरावाङ मन्दिर समितिले जनाएको छ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ९ : ११ बजे

रानीसैन विवाद मिलाउन बाजुराका दलहरू एकजुट, शान्तिपूर्ण समाधानमा जोड

बाजुरा- रानीसैनलाई लिएर बाजुरा र हुम्लाबीचको विवाद शान्तिपूर्ण रुपमा समाधान

सुनितालाई घरमै नागरिकता

पर्वत– जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला

एमालेमा कलहबीच शंकर र योगेशको तस्बिर राख्दै रामकुमारीको तर्क, ‘समस्याको केन्द्र केपी ओली मात्रै होइनन्’

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले महासचिव शंकर पोखरेल

बैंकिङ कारोबारमा बागमती प्रदेशको एकल वर्चस्व, कर्जा र निक्षेपमा कर्णाली सबैभन्दा पछाडि

काठमाडौं– नेपालको बैंकिङ क्षेत्रको कुल निक्षेप र कर्जा परिचालनमा बागमती

विषादी हालेर पकाइएका आँप चिन्ने ५ तरिका 

काठमाडौं– अहिले आँपको सिजन हो । स्वाद, सुगन्ध र पौष्टिकताले