भारतीय विदेशमन्त्री जयशंकर बुधबार नेपाल आउने | Khabarhub Khabarhub

भारतीय विदेशमन्त्री जयशंकर बुधबार नेपाल आउने


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय विदेशमन्त्री एस जयशंकर बुधबार नेपाल आउने भएका छन् । उनी नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठकमा सहभागी हुन नेपाल आउन लागेका हुन् ।

भारतीय विदेशमन्त्री बनेपछि उनी पहिलोपटक नेपाल आउन लागेका हुन् ।

काठमाडौंमा ४–५ गते हुने नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिन जयशंकर नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आयोग बैठकको परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र जयशंकरले सहअध्यक्षता गर्नेछन्।

बैठकमा दुई पक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, उर्जा र जलस्रोत, संस्कृति, शिक्षालगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

संयुक्त बैठकमा दुई देशबीचका समग्र सम्बन्ध, साझेदारीका क्षेत्र र व्यापार तथा पारवहन लगायतका विषयमा छलफल हुनेछ । सन् १९८७ मा स्थापना भएको संयुक्त आयोगको चौथो बैठक तीन वर्षअघि नयाँदिल्लीमा भएको थियो ।

दुवै देशमा पालैपालो हुने आयोगको बैठकले आपसी हितका सम्बन्धमा जोडिएका विषयहरूलाई आगामी दिनमा कसरी अघि बढाउने भन्ने नीति तय गर्ने गर्छ । यो दुई देशबीचको उच्चस्तरीय संयुक्त संयन्त्र हो ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  १२ : २६ बजे

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच

पहिरोले हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अवरुद्ध

बागमती – हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–कुलेखानी–सिस्नेरी– दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध

बाजुरामा बस दुर्घटना हुँदा ३० जना घाइते

बाजुरा – मार्तडी कोल्टी सडकअन्तर्गत यहाँको बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा बस

प्रधानन्यायाधीश नेतृत्वको टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको भ्रमण टोली आज

कराते स्टार एरिका गुरुङ सम्मानित

काठमाडाैं – नेपाली राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ आज सम्मानित