देउवाको चेतावनी– सरकार प्रजातन्त्रको खिलाफमा गए कांग्रेसले छाड्दैन « Khabarhub

देउवाको चेतावनी– सरकार प्रजातन्त्रको खिलाफमा गए कांग्रेसले छाड्दैन


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार प्रजातान्त्रिक मान्यताको खिलाफमा लागेको आरोप लगाएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको वर्तमान सरकारले विभिन्न विधेयक ल्याएर जनताको अधिकार खोस्न खोजेको पनि देउवाले आरोप लगाए ।

सोमबार रुपन्देहीको भैरहवामा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले मिडिया काउन्सिल, सूचना प्रविधि तथा मानव अधिकार आयोगसम्बन्धी लगायतका विधेयक ल्याएर सरकारले जनताको प्रजातान्त्रिक अधिकार खोस्ने लागेको आरोप लगाए ।

सभापति देउवाले सरकार एकपछि अर्को गर्दै प्रजातन्त्रको खिलाफमा लागेको उल्लेख गर्दै सरकारका कदमविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने पनि बताए ।

‘हाम्रो पार्टी प्रजातन्त्रको स्थापना र रक्षाका लागि स्थापना भएको हो । अहिलेको सरकार प्रजातन्त्रको खिलाफमा लागेको छ । सरकारका कदमको विरोधमा आन्दोलन गर्नुपर्ने हुनसक्छ,’ देउवाले भने ।

सभापति देउवाले जनताको अधिकार खोस्ने र प्रजातन्त्रको खिलाफमा जाने जोकोहीलाई पनि कांग्रेसले नछाड्ने चेतावनी दिए ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  २ : ४० बजे

बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष गुरुङ

लमजुङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले

पाकिस्तानको बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

काठमाडौं- पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित गरी

बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ?

काठमाडौं- बाराको सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएसँगै

मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा कम्युनिष्ट आन्दोलनले धोका खायो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

रविको चिन्ता : घण्टीमा भोट हालेका मतदाता बोल्न थाले हामीलाई गाह्रो हुन्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका कामकारबाहीबारे