पाकिस्तानको बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते « Khabarhub

पाकिस्तानको बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते


७ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित गरी सडक किनारमा राखिएको बम विस्फोट हुँदा एक सुरक्षाकर्मीको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । प्रहरीका अनुसार क्वेटा–कराँची राष्ट्रिय राजमार्गअन्तर्गत मास्तुङ जिल्लाको खाड कोचा क्षेत्रमा सुरक्षाकर्मीको टोली गइरहेका बेला सडक किनारमा राखिएको विस्फोटक पदार्थ पड्काइएको थियो ।

विस्फोटमा सुरक्षाकर्मीको एउटा गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ । घटनापछि सुरक्षाकर्मी र आक्रमणकारीबीच गोली हानाहानसमेत भएको थियो । थप सुरक्षाकर्मी घटनास्थलमा पुग्नुअघि नै आक्रमणकारीहरू फरार भएको प्रहरीले जनाएको छ । मृतकको शव तथा घाइतेलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको छ ।

घटनापछि प्रहरीले राजमार्ग केही समयका लागि बन्द गरी आक्रमणमा संलग्नहरूको खोजी तथा पक्राउका लागि सुरक्षा अभियान सञ्चालन गरेको जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८३, आइतबार  ६ : ५७ बजे

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन