जम्मू कश्मीर मामिलामा सरकारले मुख खोल्यो : नजिकबाट नियालिरहेका छौं « Khabarhub

जम्मू कश्मीर मामिलामा सरकारले मुख खोल्यो : नजिकबाट नियालिरहेका छौं


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारले जम्मू कश्मीर मामिलाबारे पहिलोपटक मुख खोल्दै नजिकबाट नियालिरहेको बताएको छ ।

भारतले संविधानको धारा ३७० खारेज गर्दै जम्मू कश्मीरलाई प्राप्त विशेष राज्यको दर्जा खोसेपछि उत्पन्न परिस्थितिका विषयमा नेपाल सरकारले बोलेको थिएन ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जम्मू कश्मीर मामिलालाई नेपालले नजिकबाट नियालिरहेको बताएका हुन् ।

दिल्लीस्थित नेपाली दूतावासले जम्मू कश्मीरमा रहेका नेपालीको सुरक्षाबारे काम गरिरहेको पनि मन्त्री ज्ञवालीले जानकारी दिए ।

सार्कको अध्यक्ष समेत रहेको नेपालले भने भारत र पाकिस्तानबीचको विवादित क्षेत्र जम्मू कश्मीरको यो घटनाक्रमबारे अहिलेसम्म मुख खोलेको थिएन ।

मन्त्री ज्ञवालीले नेपाल क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा रहेको बताए ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ३ : ३३ बजे

बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष गुरुङ

लमजुङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले

पाकिस्तानको बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

काठमाडौं- पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित गरी

बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ?

काठमाडौं- बाराको सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएसँगै

मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा कम्युनिष्ट आन्दोलनले धोका खायो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

रविको चिन्ता : घण्टीमा भोट हालेका मतदाता बोल्न थाले हामीलाई गाह्रो हुन्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका कामकारबाहीबारे