जम्मू कश्मीर मामिलामा सरकारले मुख खोल्यो : नजिकबाट नियालिरहेका छौं | Khabarhub Khabarhub

जम्मू कश्मीर मामिलामा सरकारले मुख खोल्यो : नजिकबाट नियालिरहेका छौं


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारले जम्मू कश्मीर मामिलाबारे पहिलोपटक मुख खोल्दै नजिकबाट नियालिरहेको बताएको छ ।

भारतले संविधानको धारा ३७० खारेज गर्दै जम्मू कश्मीरलाई प्राप्त विशेष राज्यको दर्जा खोसेपछि उत्पन्न परिस्थितिका विषयमा नेपाल सरकारले बोलेको थिएन ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जम्मू कश्मीर मामिलालाई नेपालले नजिकबाट नियालिरहेको बताएका हुन् ।

दिल्लीस्थित नेपाली दूतावासले जम्मू कश्मीरमा रहेका नेपालीको सुरक्षाबारे काम गरिरहेको पनि मन्त्री ज्ञवालीले जानकारी दिए ।

सार्कको अध्यक्ष समेत रहेको नेपालले भने भारत र पाकिस्तानबीचको विवादित क्षेत्र जम्मू कश्मीरको यो घटनाक्रमबारे अहिलेसम्म मुख खोलेको थिएन ।

मन्त्री ज्ञवालीले नेपाल क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा रहेको बताए ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ३ : ३३ बजे

कोशी प्रदेशका सबै जिल्ला पूर्णखोप सुनिश्चिता घोषणा

मोरङ – कोशी प्रदेशका १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना

संविधान संशोधनका लागि कांग्रेस र एमालेलाई प्रचण्डको भरोसा !

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई मुख्य एजेन्डा

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, घुस प्रकरणमा पनि कुरा हुने

काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

दमौली– मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को तेस्रो पटक