मधेस पुगेर प्रचण्डको प्रश्न– २ नम्बर प्रदेशको सरकारले के गर्‍यो ? « Khabarhub

मधेस पुगेर प्रचण्डको प्रश्न– २ नम्बर प्रदेशको सरकारले के गर्‍यो ?


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय सरकारको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रदेश नम्बर २ को पार्टीले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।

सोमबारको जनकपुरधामको बरमझियामा शहीद रामवृक्ष यादवको स्मृतिसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनताले गरेको त्याग र बलिदानअनुसारको प्रतिपफल नपाएको पनि बताए ।

‘यो २ नम्बर प्रदेशको सरकारले के–कति राम्रो काम गर्‍यो ? के यहाँ सुशासन शुरु भयो त ? विकासले गति लिन थाल्यो छ ?,’ प्रचण्डले भने, ‘मैले बुझेसम्म त्यस्तो भएको छैन । बरु यहाँ भ्रष्टाचार अझ बढ्यो भन्ने कुरा सुनिएको छ । सुशासन छैन, जनतालाई झन् दुःख बढ्यो भन्ने कुरा सुनिएको छ ।’

अध्यक्ष प्रचण्डले केही समय अगाडि प्रदेश नम्बर २ का मुख्यमन्त्रीसहितको टोली काठमाडौं गएको र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र आफूसहितको भेटका क्रममा प्रदेश नम्बर २ को समस्याबारे छलफल भएको जानकारी दिए । उक्त छलफलका क्रममा आफूले केही कुरा मुख्यमन्त्रीलाई भनेको पनि बताए ।

अध्यक्ष प्रचण्डले प्रदेश नम्बर २ मा प्रत्येक वर्ष बाढीबाट हुने क्षतिलाई दीर्घकालीन ढंगले नियन्त्रण गर्नका लागि योजना बनाउनुपर्ने आवश्यकता औंल्याए ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ४ : ५६ बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती