चलचित्र हलहरुले गत वर्षकै कर तिरेनन्, १७ गतेसम्मलाई म्याद थप « Khabarhub

चलचित्र हलहरुले गत वर्षकै कर तिरेनन्, १७ गतेसम्मलाई म्याद थप


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चलचित्र हलहरुले मनोरञ्जन शुल्क बापतको कर नबुझाएपछि काठमाडौं महानगरपालिको राजस्व विभागले भदौ १७ गतेसम्मको समय दिएर सूचना जारी गरेको छ ।

महानगरभित्र अहिले ४२ वटा सिनेमा हल छन् । जसमध्ये आर्थिक वर्ष २०७५/०७६ मा ४ वटा हलले मात्र कर तिरेका छन् । टिकट बिक्रीसँगै संकलन भएको राजस्व शुल्क पनि महानगरमा नबुझाएपछि आफूहरु गम्भीर रहेको राजस्व विभागका प्रमुख नुरनिधी न्यौपानेले बताए ।

उनकाअनुसार गएको बर्ष ४ वटा हलले मनोरञ्जनवापतको शुल्क बुझाउँदा १९ लाख रुपैयाँ संकलन भएको थियो ।

प्रदेश–३ को आर्थिक ऐन २०७६ को व्यवस्थाबमोजिम चलचित्र हलहरुले चलचित्र प्रदर्शन गर्दा प्रतिटिकट बिक्रीमा मनोरञ्जन कर बापत लिएको ५ प्रतिशतले हुन आउने रकम अर्को महिनाको २५ गतेभित्र स्थानीय सरकारलाई बुझाउनु पर्छ ।

‘यो व्यवस्था पालना हुनु त कता हो कता, गएको बर्ष तिर्नु पर्ने कर तिर्न समेत चासो दिएनन्’ न्यौपानेले भने, ‘ऐनको दफा ४ (३) बमोजिम हामीले चलचित्र हलहरुलाई बक्यौता रकमसमेत लिएर आउन सूचना जारी गरेका छौं ।’

महानगरले यो सूचनाको ख्याल नगर्ने तथा दर्शकहरुसँग मनोरञ्जन कर बापत असुल गरी सकेको कर रकम स्थानीय सरकारलाई नबुझाउने चलचित्र हलहरुलाई नियमानुसार कारबाही गर्ने जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ७ : ५४ बजे

प्रख्यात भारतीय फिल्म निर्माता पहलाज निहलानीको निधन

काठमाडौं– भारतीय चलचित्र उद्योगका चर्चित निर्माता तथा पूर्व सेन्सर बोर्ड

विद्युतीय पब्लिक गाडी प्रवर्द्धन नारामै विवाद, ५ प्रतिशत करले सेवा दिनै कठिन 

काठमाडौं– साझा यातायातका प्राविधिक सल्लाहकार भूषण तुलाधरले ५ प्रतिशत विद्युतीय

पाकिस्तानको निर्यात मे महिनामा ९.५९ प्रतिशतले बढ्यो

एजेन्सी– पाकिस्तानको निर्यात ९.५९ प्रतिशतले बढेर मे महिनामा दुई अर्ब

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु

चितवन– रोकिएको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु भएको छ

‘गाजामा इजरायली आक्रमण, आठ जनाको मृत्यु’

एजेन्सी– गाजामा भएको इजरायली आक्रमणमा कम्तिमा आठ जनाको मृत्यु भएको