स्वतन्त्रता दिवसका दिन अफगानिस्तानमा श्रृङ्खलाबद्ध बम विष्फोट « Khabarhub

स्वतन्त्रता दिवसका दिन अफगानिस्तानमा श्रृङ्खलाबद्ध बम विष्फोट


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– सयौं स्वतन्त्रता दिवस मनाउँदै गर्दा अफगानिस्तानको जलालावाद शहरमा श्रृङ्खलाबद्ध शक्तिशाली विष्फोट भएको छ । जलालावाद शहरका विभिन्न क्षेत्रमा भएका १० श्रृङ्खलाबद्ध बम आक्रमणमा कम्तीमा ३४ जना घाइते भएको अधिकारीले जनाएका छन् ।

जलालावाद शहरमा आयोजित स्वतन्त्रता दिवसको कार्यक्रमलाई लक्षित गरी श्रृङ्खलाबद्ध बम आक्रमण भएको जनाइएको छ । जलालावाद क्षेत्रमा लडाकु समूहहरु तालिबान र इस्लामिक स्टेट धेरै नै सक्रिय रहेपनि आक्रमणको जिम्मा कुनै समूहले लिएको छैन । यसअघि शनिबार अबेर राजधानी काबुलमा ६३ जनाको ज्यान जानेगरी एक विवाह समारोहमा भएको बम आक्रमणको जिम्मा आतंकवादी संगठनले लिएको छ ।

अफगान राष्ट्रपति अशरफ घानीले स्वतन्त्रता दिवसको अवसरमा सम्बोधन गर्दै आतंककारीको गुँडलाई नष्ट पार्ने अभियान जारी रहेको जनाएका छन् । उनले अफगानिस्तानमा इस्लामिक स्टेटविरुद्धको कारवाहीलाई पनि निरन्तरता दिइने जनाएका छन् । यद्यपि घानीले पछिल्लो समय अमेरिका र तालिबानबीच भइरहेको शान्ति वार्ताबारे भने केही टिप्पणी गरेका छैनन् ।

अर्कोतर्फ तालिबानले स्वतन्त्रता दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै सबै विदेशी फौजले अफगानिस्तान छाड्नुपर्नेमा जोड दिएको छ । यसअघि बेलायत र सोभियत संघका सेनाले पनि अफगानिस्तानमा हार खाएर फर्किनु परेको भन्दै तालिबानले ढिलोचाँडो अफगानिस्तानमा सक्रिय अन्तर्राष्ट्रिय फौजले पनि अफगानिस्तान छाड्ने तालिबानको टिप्पणी छ ।

कुनै पनि हिसाबमा बेलायती साम्राज्यको हिस्सा नभएपनि अफगानिस्तानले सन् १९१९ अगष्ट १९ का दिन पूर्ण स्वतन्त्रता पाएको अवसरमा हरेक वर्ष अगष्ट १९ मा स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ९ : ३५ बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा