पाकिस्तानमा हिन्दु छात्राको मृत्यु प्रकरणलाई लिएर हिन्दु प्रदर्शनकारीद्वारा विरोध « Khabarhub

पाकिस्तानमा हिन्दु छात्राको मृत्यु प्रकरणलाई लिएर हिन्दु प्रदर्शनकारीद्वारा विरोध


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानको सिन्धमा हिन्दु छात्रा नम्रता चंदानीको मृत्य प्रकरणलाई लिएर विरोध चर्काइएको छ ।

उनको हत्या भएको दाबी गर्दै केही दिन यता कराचीका सडकमा हिन्दु प्रदर्शनकारीहरुले विरोध प्रदर्शन गरिरहेका छन् । हत्यारालाई तत्काल पक्राउ गरी कानूनी दायरामा ल्याउन प्रदर्शनकारीहरुले माग राखेका छन् ।

चिकित्साशास्त्र अध्ययन गरिरहेकी नम्रता गत मंगलबार आफू बस्ने छात्रावासमा मृत अवस्थमा भेटिएकी थिइन् । घाँटीमा डो रीले बाँधिएको अवस्थामा नम्रताको श व भेटिएपछि उनका भाइले हत्याको आरोप लगाएका छन् ।

पाकिस्तानमा धर्म परिवर्तन स्वीकार गर्नेलाई धर्म परिवर्तन गराउने र नमान्नेको हत्या समेत गर्ने कट्टरपन्थीहरुले नम्रता चंदानीको हत्या गरेको परिवारका सदस्यहरुको आरोप छ ।

मेडिकल छात्रा नम्रता चंदानीको मृत्यु पनि जवर्जस्ती धर्म परिवर्तनको घटनासँग जोडेर हेरिएको छ । नम्रताको परिवारलाई लगातार मुस्लिम धर्म अगाल्न दबाब दिइदै आएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पाकिस्तानको बीबी आसिफा डेन्टल कलेजको अन्तिम वर्षकी छात्रा नम्रता चंदानी आफ्नै छात्रावासकै कोठामा मृत अवस्थामा फेला परेकी थिइन। एमबीबीएस अध्ययनरत अल्पसंख्यक हिन्दु समुदायकी नम्रताका दाइ डाक्टर विशाल सुन्दरले नम्रताको हत्या भएको दावी गरेका हुन् ।

पछिल्लो समय अल्पसंख्यक हिन्दु, सिख समुदायप्रति पाकिस्तानमा एकपछि अर्को हिंसात्मक घटना सार्वजनिक भइरहेका बेला मेडिकल छात्रा नम्रता चंदानीको मृत्यु भएपछि यो घटनालाई पनि जवर्जस्ती धर्म परिवर्तनको घटनासँग जोडेर हेरिएको छ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको उल्लेख गर्दै हत्या या आत्महत्या के हो भन्ने विषयमा अनुसन्धान जारी रहेको जनाएको छ । नम्रताको परिवार भने कराचीमा रहँदै आएको छ।

काश्मिरमा धारा ३७० हटाइएपछि पाकिस्तानमा अल्पसंख्यक हिन्दु र सिख समुदायमाथि हिंसा बढेको पाइएको छ । यसैको परिणाम नम्रताको हत्या भएको बताइएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ६ : १६ बजे

धार्मिक पर्यटकलाई लोभ्याउँदै मकवानपुरको ‘सिसमहल’

बागमती– मकवानपुरको हेटौँडा नगरपालिका वडा नम्बर ५ चिसापानी रङ्गपथस्थित श्री

प्रदेशको अस्थिर राजनीतिले बजेट कार्यान्वयनमा सधैँ समस्या

काठमाडौँ- नेपालले २०७२ मा संविधान जारी गर्दै सङ्घीय शासन प्रणाली

बालेनलाई बाबुरामले दिए चेतावनी- सबैलाई खुसी पार्न खोजे सरकार असफल हुन्छ

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा बाहुल्य नयाँ सरकारलाई

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल .(इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष

तराईका घटना : रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न

काठमाडाैँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र