गरुड पुराणअनुसार यस्ता काम गर्नेहरु पुग्छन् नर्क | Khabarhub Khabarhub

गरुड पुराणअनुसार यस्ता काम गर्नेहरु पुग्छन् नर्क


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

शास्त्रीय मान्यताअनुसार मानिस जिवित रहँदा उसले गरेको पाप पुण्यका आधारमा मृत्युपछि स्वर्ग वा नर्क जाने  विश्वास गरिन्छ । अधिकाशं नेपालीले मान्ने हिन्दु धर्म शास्त्रहरुमा पनि मानिसको मृत्युपछि कर्म अनुसार स्वर्ग वा नर्क जाने लेखिएको छ ।

स्वर्ग जान राम्रो र अरुको भलाई हुने काम गर्नुपर्ने शास्त्रमा उल्लेख छ । त्यसैगरी गलत कर्म गर्नेलाई पाप लाग्ने भन्दै त्यस्ता मानिस पापको भुक्तान गर्न नरक जाने लेखिएको छ । हिन्दु धर्मसंग जोडिएको गरुड पुराणमा नराम्रा काम गर्ने व्यक्तिहरु नर्क जाने उल्लेख छ ।

पुराणअनुसार धर्तिमा नराम्रा काम गर्ने मानिसको मृत्यु पछि नर्कमा गई पाप अनुसारको कठोर सजाय भोग्नुपर्ने उल्लेख छ । के कस्ता कर्म गर्दा पुग्छन् नर्कमा–

नारीको इज्जत लुट्ने

गरुड पुराण अनुसार नारीको इज्जत लुट्ने जो कोही नर्कको भागीदार हुनुपर्ने उल्लेख छ । नारीको स्वीकृतिबिना वा जबर्जस्ती इज्जत लुट्ने हरेकलाई नर्कमा कठोर भन्दा कठोर सजाय पाउने उल्लेख छ । इज्जत लुट्ने मात्रा नभई त्यस कार्यमा सघाउने समेत नर्कमा जाने लेखिएको छ ।

विश्वासघाती

गरुड पुराण अनुसार आफूमाथि विश्वास गर्ने व्यक्तिलाई धोका दिने वा विश्वासघात गर्ने व्यक्तिहरु नर्कमा जाने लेखिएको छ । विश्वासघातीहरुले नर्कमा कठोर सजाय पाउने उल्लेख छ । असल व्यक्तिलाई धोका दिने र मनपरी अपशब्द बोल्ने मानिस पनि नर्क जाने उल्लेख छ ।

शिशु हत्या

गरुड पुराण अनुसार नवजात शिशुको हत्या गर्ने व्यक्ति नर्क जाने उल्लेख छ । पुराणमा शिशु हत्या गर्नलाई महापाप भनि सम्बोधन गरीएको छ । शिशु हत्या गर्ने मानिसले अनिवार्य कठोर सजाय पाउने पुराणमा लेखिएको छ ।

गर्भवती महिलाको हत्या

आमा बन्ने क्षमताका कारण शास्त्रमा नारीलाई प्रकृतीसंग जोडिएको छ । त्यसैले गरुड पुराण अनुसार कुनै पनि गर्भवति महिलाको हत्या गर्नु महापाप हो । गर्भवती महिलाको हत्या गर्ने व्यक्ति नर्कमा जाने र कठोर सजाय पाउने उल्लेख छ ।

पूजास्थलको अपमान गर्ने

कुनै धार्मिक कार्यमा वा पूजा भइरहेको स्थानमा अवरोध गर्ने वा सो स्थानमा आई पुजाका कर्ताको अपमान गर्ने व्यक्ति पनि नर्क जाने गरुड पुराणमा उल्लेख छ । धार्मिक काम वा स्थलको अपमान गर्नु महापाप हुने र यस्तो काम गर्नेहरु नर्कमा कठोर सजायको भागिदार हुने उल्लेख छ ।

धन भएर पनि सहयोग नगर्ने

पर्याप्त धन भएर पनि खान, लाउन नसक्ने गरिव तथा अपाङ्गहरुलाई सहयोग नगर्ने लोभि स्वभावका मानिस पनि नर्कमा जाने उल्लेख छ । सम्पन्न भएर पनि अभावमा रहेकालाई उपेक्षा गर्नेहरु मृत्यु पछि नर्कमा जाने र कठोर सजाय भोग्नुपर्ने गरुड पुराणमा उल्लेख छ ।

पाहुनाको बेज्जत गर्ने

आजकल अपरीचित व्यक्ति संग डराउने गरीन्छ तर पहिले पहिले बेलुकी घर आएका अपरीचितलाई पनि भगवानको मानि पाहुनाका रुपमा आतिथ्यता गरीन्थ्यो । यसरी घरमा आएका पाहुनाको बेज्जत वा अपमान गर्ने र भोकै पठाउनेलाई मृत्युपछि नर्क जानुपर्ने गरुण पुराणमा उल्लेख छ ।

अर्काको खुसी खोस्ने

आफ्नो स्वार्थ शिद्धका लागि अरुको खुसी मार्ने वा खोस्ने मानिसलाई पनि नर्क जानु पर्ने गरुड पुराणमा उल्लेख छ । अर्काको खुसी भंग गर्नेहरु मृत्युपछि नर्कमा गई कठोर सजाय पाउने पुराणमा लेखिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ८ : ५९ बजे

पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो

कास्की – पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो

पोर्चुगलका पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा

लिस्बन – पोर्चुगलका पूर्वप्रधानमन्त्री जोस सुक्रेट्समाथि स्थानीय सञ्चारमाध्यमले यसअघि नै

‘कुलिङ पिरियड’बारे भएको हेरफेरप्रति रास्वपाको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’बारे

आजका समाचार : सर्वोच्चले जोगाइदियो ५२ भाइको जागिर, कुलिङ पिरियडमा छानविन समिति बन्दै, प्रधानमन्त्री रियल मड्रिडमा र फुटबलर जोटा दुर्घटनामा बिते   

प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको रङ्गशाला अवलोकनप्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको

नेपाल औषधि लिमिटेडले आगामी वर्ष २० प्रकारका औषधि उत्पादन गर्ने

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता