रवि लामिछानेको मुद्दामाथि सुनुवाइ गर्न तोकिएको पेशी फेरि पनि स्थगित « Khabarhub

रवि लामिछानेको मुद्दामाथि सुनुवाइ गर्न तोकिएको पेशी फेरि पनि स्थगित


२ आश्विन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने समेतले उच्च अदालत पाटनको हटौंडा इजलाशमा दायर गरेको पुनरावलोकन रिटमाथि सुनुवाइ गर्न तोकिएको पेशी दोस्रो पटक पनि स्थगित भएको छ ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको आत्महत्या दुरुत्साहन मुद्दामा चितवन जिल्ला अदालतले जारी गरेको थुनछेक आदेशविरुद्ध टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेलले जारी गरेको रिटमाथिको सुनुवाइका लागि बिहीबार पेशी तोकिएको थियो ।

उच्च अदालत पाटनको हेटौंडा इजलाशका न्यायाधीशद्वय रामप्रसाद अधिकारी र बालमुकुन्द दवाडीको इजलाशमा पेशी तोकिएको थियो । तर, निवेदक लामिछाने र कँडेलका कानून व्यवसायी सुशील पन्तले आफू विदेशमा भएकाले बहसमा सहभागी हुन नपाउने भन्दै पेशी स्थगित गराइपाउँ भन्दै निवेदन दिएपछि पेशी स्थगित भएको हेडौंडा इजलाशका सूचना अधिकारी अमृत घिमिरेले खबरहबलाई जानकारी दिए ।

यसअघि भदौ २६ गते तोकिएको पेशी पनि लामिछाने र कँडेलका कानून व्यवसायी सुशील पन्तले दिएको निवेदनका कारण स्थगित भएको थियो ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणका अभियुक्तमध्येका लामिछानेबाट ५ लाख र कँडेलबाट ३ लाख रुपैयाँ धरौटी लिइ तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न भन्दै चितवन जिल्ला अदालतले भदौ ९ गते थुनछेक आदेश जारी गरेको थियो ।

रवि र युवराजको हकमा मुद्दासँग सम्बन्धित विषयमा टेलिभिजन कार्यक्रम प्रसारण गर्न नपाइने र सार्वजनिक ठाउँमा त्यसबारे टिप्पणी गर्न नपाइने जिल्ला अदालतको शर्त थियो ।

तर, लामिछाने र कँडेलले चितवन जिल्ला अदालतको आदेश बेरितको रहेको भन्दै उक्त आदेश खारेज गरी साधारण तारेखमा रही मुद्दाको पुर्पक्ष गराइ पाउँ भन्दै उच्च अदालत पाटनको हेटौंडा इजलाशमा भदौ १७ पुनरावलोकन रिट दायर गरेका थिए ।

उनीहरुले धरौटी माग गर्ने जिल्ला अदालतको आदेश र आफूहरुका सन्दर्भमा राखिएका शर्तहरु पनि खारेज गरिनुपर्ने मागदाबी गरेका छन् ।

लामिछाने र कँडेलले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै उच्च अदालत पाटनको हेटौंडा इजलाशले उक्त मुद्दाको कैफियत फाइल मगाउन आदेश जारी गरेको थियो ।

हेटौंडा इजलाशका मुख्य न्यायाधीश टेकराज नेपालको भदौ १८ गतेको इजलाशले आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दाको जिल्ला अदालत चितवनबाट सक्कल मिसिलसहितको प्रतिवेदन मगाउन आदेश जारी गरेको थियो ।

यसबीचमा सरकारी वकिलको कार्यालय हेडौंडाले पनि पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणका अभियुक्तलाई साधारण तारखे तथा धरौटीमा रिहा गर्ने जिल्ला अदालत चितवनको आदेशविरुद्ध हेटौंडा इजलाशमा पुनरावलोकन रिट दायर गरेको छ ।

वादी पक्ष (नेपाल सरकार)बाट भदौ २४ गते दर्ता भएको पुनरावलोकन रिटमा आत्महत्या दुरुत्साहन मुद्दाका तीनै जना अभियुक्त लामिछाने, कँडेल र अस्मिता भनिने रुकु कार्कीलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न भनि आदेश जारी गर्न मागदाबी गरिएको छ ।

बिहीबार दुवै रिट निवेदनमाथि संयुक्त रुपमा सुनुवाइका लागि पेशी तोकिएकोमा रवि र कँडेलका कानून व्यवसायीको माग अनुसार पेशी स्थगित गरिएको हो । उक्त मुद्दामाथि सुनुवाइका लागि आगामी बिहीबार पेशीमा चढाइने प्रवक्ता घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहिबार  १ : ०२ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम