रवि लामिछानेको मुद्दामाथि सुनुवाइ गर्न तोकिएको पेशी फेरि पनि स्थगित « Khabarhub

रवि लामिछानेको मुद्दामाथि सुनुवाइ गर्न तोकिएको पेशी फेरि पनि स्थगित


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने समेतले उच्च अदालत पाटनको हटौंडा इजलाशमा दायर गरेको पुनरावलोकन रिटमाथि सुनुवाइ गर्न तोकिएको पेशी दोस्रो पटक पनि स्थगित भएको छ ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको आत्महत्या दुरुत्साहन मुद्दामा चितवन जिल्ला अदालतले जारी गरेको थुनछेक आदेशविरुद्ध टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेलले जारी गरेको रिटमाथिको सुनुवाइका लागि बिहीबार पेशी तोकिएको थियो ।

उच्च अदालत पाटनको हेटौंडा इजलाशका न्यायाधीशद्वय रामप्रसाद अधिकारी र बालमुकुन्द दवाडीको इजलाशमा पेशी तोकिएको थियो । तर, निवेदक लामिछाने र कँडेलका कानून व्यवसायी सुशील पन्तले आफू विदेशमा भएकाले बहसमा सहभागी हुन नपाउने भन्दै पेशी स्थगित गराइपाउँ भन्दै निवेदन दिएपछि पेशी स्थगित भएको हेडौंडा इजलाशका सूचना अधिकारी अमृत घिमिरेले खबरहबलाई जानकारी दिए ।

यसअघि भदौ २६ गते तोकिएको पेशी पनि लामिछाने र कँडेलका कानून व्यवसायी सुशील पन्तले दिएको निवेदनका कारण स्थगित भएको थियो ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणका अभियुक्तमध्येका लामिछानेबाट ५ लाख र कँडेलबाट ३ लाख रुपैयाँ धरौटी लिइ तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न भन्दै चितवन जिल्ला अदालतले भदौ ९ गते थुनछेक आदेश जारी गरेको थियो ।

रवि र युवराजको हकमा मुद्दासँग सम्बन्धित विषयमा टेलिभिजन कार्यक्रम प्रसारण गर्न नपाइने र सार्वजनिक ठाउँमा त्यसबारे टिप्पणी गर्न नपाइने जिल्ला अदालतको शर्त थियो ।

तर, लामिछाने र कँडेलले चितवन जिल्ला अदालतको आदेश बेरितको रहेको भन्दै उक्त आदेश खारेज गरी साधारण तारेखमा रही मुद्दाको पुर्पक्ष गराइ पाउँ भन्दै उच्च अदालत पाटनको हेटौंडा इजलाशमा भदौ १७ पुनरावलोकन रिट दायर गरेका थिए ।

उनीहरुले धरौटी माग गर्ने जिल्ला अदालतको आदेश र आफूहरुका सन्दर्भमा राखिएका शर्तहरु पनि खारेज गरिनुपर्ने मागदाबी गरेका छन् ।

लामिछाने र कँडेलले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै उच्च अदालत पाटनको हेटौंडा इजलाशले उक्त मुद्दाको कैफियत फाइल मगाउन आदेश जारी गरेको थियो ।

हेटौंडा इजलाशका मुख्य न्यायाधीश टेकराज नेपालको भदौ १८ गतेको इजलाशले आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दाको जिल्ला अदालत चितवनबाट सक्कल मिसिलसहितको प्रतिवेदन मगाउन आदेश जारी गरेको थियो ।

यसबीचमा सरकारी वकिलको कार्यालय हेडौंडाले पनि पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणका अभियुक्तलाई साधारण तारखे तथा धरौटीमा रिहा गर्ने जिल्ला अदालत चितवनको आदेशविरुद्ध हेटौंडा इजलाशमा पुनरावलोकन रिट दायर गरेको छ ।

वादी पक्ष (नेपाल सरकार)बाट भदौ २४ गते दर्ता भएको पुनरावलोकन रिटमा आत्महत्या दुरुत्साहन मुद्दाका तीनै जना अभियुक्त लामिछाने, कँडेल र अस्मिता भनिने रुकु कार्कीलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न भनि आदेश जारी गर्न मागदाबी गरिएको छ ।

बिहीबार दुवै रिट निवेदनमाथि संयुक्त रुपमा सुनुवाइका लागि पेशी तोकिएकोमा रवि र कँडेलका कानून व्यवसायीको माग अनुसार पेशी स्थगित गरिएको हो । उक्त मुद्दामाथि सुनुवाइका लागि आगामी बिहीबार पेशीमा चढाइने प्रवक्ता घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  १ : ०२ बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर