दक्षिण अफगानिस्तानमा कारबम आक्रमण, २० जनाको मृत्यु « Khabarhub

दक्षिण अफगानिस्तानमा कारबम आक्रमण, २० जनाको मृत्यु


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलको कलात शहरमा बिहीबार बिहान गुप्तचर सेवा भवनलक्षित कारबम हमलामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।

यस घटनामा परी अन्य ९५ जना घाइते भएका जाबुल प्रान्तका गभर्नरले जानकारी दिएका छन् । बिहान जाबुलको कलात शहरमा भएको कारबम राष्ट्रिय सुरक्षा निर्देशालयलाई लक्षित भएको बताइएको छ ।

कारबम विष्फोटमा सोही स्थानमा रहेको जाबुलको क्षेत्रीय अस्पताल ध्वस्त भएको छ । मृत्यु हुने अधिकांश अस्पतालका बिरामी तथा चिकित्सकहरु रहेको बताइएको छ ।

जाबुल प्रान्तका प्रान्तीय परिषदका प्रमुख अता जान हकबायानले भने उक्त घटनामा २० जनाको मृत्यु हुनकासाथै अन्य ९० जना घाइते भएको बताएका छन् ।

बम विष्फोटको जिम्मा तालिबान लडाकू समूहले लिएको छ । तालिबानका प्रवक्ता, कारी यसुफ अहमदीले विष्फोटको जिम्मा लिँदै उक्त आक्रमण राष्ट्रिय निर्देशनालयबिरुद्ध भएको बताएका छन् ।

अफगानिस्तानको जाबुल प्रान्तमा तालिबानी लडाकू समूहले गरेको यो पछिल्लो हिंसात्मक घटना हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अचानक अमेरिकी सेनाबाट फिर्ता लिने सम्बन्धमा तालिबानसँगको वार्ता समाप्त गरेपछि हिंसा बढेको पाइएको छ ।

यसै हप्ताको शुरुमा राष्ट्रपति असरफ घानीको चुनावी अभियान प्रभावित गर्ने हिसाबले भएका दुईवटा विस्फोटमा कम्तीमा ५० जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ६ : ४३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार