चाडबाडलाई लक्षित गरी बीस हजार मेट्रिक टन चिनी आयात गरिने « Khabarhub

चाडबाडलाई लक्षित गरी बीस हजार मेट्रिक टन चिनी आयात गरिने


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चाडबाडको समयमा उपभोक्ताको मागलाई हेरेर चिनीको अभाव हुन नदिन सरकारी कम्पनीमार्फत २० हजार मेट्रिक टन चिनी आयात गर्ने भएको छ ।

भदौ अन्तिम साता बसेको मन्त्रिपरिषद्को बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई १०–१० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार महसुल छुट गरी आयात गर्न स्वीकृति दिएको हो ।

चाडपर्वको समयमा व्यापारीले चिनीको कृत्रिम अभाव देखाइ मूल्यवृद्धि गर्नसक्ने भन्दै सरकारले बजारमा हस्तक्षेप गर्न सरकारी कम्पनीमार्फत चिनी आयात गर्न लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

बैठकले नेपाल–भारत व्यापार सन्धि २००९ को पुनरावलोकनसम्बन्धी तेस्रो बैठकमा सहभागिताका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा नौ सदस्यीय वार्ता टोली गठन गरेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  १० : ०२ बजे

भोटेकोशी बाढीको वितण्डा: १६५ शव फेला, ८५६ सम्पर्कविहीन, रसुवा र नुवाकोट संकटग्रस्त घोषित

काठमाडौँ – नेपाल–चीन सीमा नजिकै (रसुवागढी) भोटेकोशी नदीमा आएको भीषण

रास्वपाले बोलाएको सर्वदलीय बैठक : गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको

कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा परेको रिटको पेसी आज

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर

बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, हिमपहिरो मुख्य कारण रहेको चिनियाँ दूतावासको भनाइ

काठमाडौँ – काठमाडौँस्थित चिनियाँ दूतावासले रसुवागढी–ग्याइरोङ सीमा क्षेत्रमा गएको बाढी

प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत उद्धार : सञ्चार र विद्युत् सुचारु गर्न उपकरण पठाइयो

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले प्रभावित क्षेत्रमा राहत तथा