लाभ लिन तिहारअघि घर भित्र्याउनुपर्ने ५ वस्तु « Khabarhub

लाभ लिन तिहारअघि घर भित्र्याउनुपर्ने ५ वस्तु


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

तिहार हिन्दू धर्मको दोश्रो ठुलो चाड हो । यस पटकको तिहार कार्तिक ९ गतेबाट शुरु भई कार्तिक १२ गतेसम्म छ ।

तिहारमा विशेषतः लक्ष्मी र गणेशको पुजाअर्चना गरिन्छ । देवी लक्ष्मीको आरधना गरे घरमा सुख, समृद्धि तथा धन आउने विश्वास गरिन्छ भने ।

गणेशको पुजा गरेमा घरमा आउने संकट तथा बिघ्न हट्ने विश्वास छ । यसका साथै तिहारमा यि ५ बस्तुलाई घरमा भित्राएमा लाभ हुने धार्मिकशास्त्रमा उल्लेख छ ।

१. श्रीयंत्र
देवी लक्ष्मीको कृपा पाउन घरमा श्रीयंत्रको तिहार अघि स्थापना गरी नियमित पूजा गरेमा यसले धनयोग बनाउदछ ।

श्रीयंत्रमा देवी लक्ष्मीको अलाबा ३३ अन्य देवी देवाताको चित्र अंकित हुन्छ यसले घरमा रोकिएको धन ल्याउन मद्दत गर्छ ।

२. मोती शंख

तिहार अघि मोती शंख घरमा ल्याई यसलाई विधिविधान पूर्वक पूजा गरी दराजमा राखेमा यसले तुरुन्त धन भित्र्याउने धार्मिक विश्वास छ ।

मान्यता अनुसार मोती शंख राख्दा घरमा धन टिक्ने र आम्दानि समेत बढाउने गर्दछ ।

३. लक्ष्मी कौडा

धार्मिक ग्रंथ अनुसार लक्ष्मीसंगै कौडा पनि समुन्द्रबाट उत्पती भएको हो । तसर्थ धन आर्कषित गर्न लक्ष्मी कौडामा स्वभाविक गुण रहने भएकाले यसले अनावश्यक रुपमा बाहिरीने धन समेत खर्च हुनबाट बचाउछ । अपत्यारीलो स्थानबाट समेत धन योग बनाउने गर्दछ ।

४. आकको जरा

शुक्रवारको दिन पारेर विधिविधान पुर्वक सेतो आकको जरा पूजा गरी घर भित्र्याएमा यसले धनयोग बनाउने गर्दछ ।

यसरी भित्र्याइएको आकको जरा पुजा पछि धन राख्ने दराज वा बकशमा राख्नाले यसले तत्काल धन ल्याउने विश्वास गरिन्छ ।

५. कमल गट्टा

कमल गट्टा कमलको फुलको बीउबाट बन्दछ । देवी लक्ष्मीलाई कमल फुल मनपर्ने भएकाले यसको बिउबाट निर्मित माला लक्ष्मीको प्रतिमामा लगाई पुजा गरेमा असम्भव स्थानबाट पनि सजिलै धन प्राप्तिको योग बन्ने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ६ : ५२ बजे

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना