सतर्कता केन्द्रको छड्केमा सिंहदरबारका २२६ कर्मचारी « Khabarhub

सतर्कता केन्द्रको छड्केमा सिंहदरबारका २२६ कर्मचारी


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिंहदरबारभित्रका विभिन्न मन्त्रालय र निकायका २२६ कर्मचारीले अनुशासन पालना नगरेको पाइएको छ ।

शुक्रबार राष्ट्रिय सर्तकता केन्द्रले तीन मन्त्रालयसहित अन्य तीन निकायमा गरेको अनुगमनका क्रममा २२६ कर्मचारीले समयको पालना नगरेको, तोकिएको पोसाक नलगाएको, बिदा स्वीकृत नगरी बिदामा बसेको तथा अनुपस्थित रेहेको पाइएको केन्द्रका सहप्रवक्ता डालनाथ अर्यालले जानकारी दिए ।

केन्द्रले अर्थ मन्त्रालय, खानेपानी मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, मुद्रण विभाग, रेडियो नेपाल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आकस्मिक छड्के अनुगमन गरेको थियो ।

यसक्रममा समयको पालना नगर्नेमा १६९, बिदा स्वीकृत नगराउनेमा ३२, पोसाक नलगाउनेमा १४ र सिट छड्केमा ११ जना परेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार नियम पालना नगर्नेमा सबैभन्दा बढी मुद्रण विभागका ६१ जना कर्मचारी छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ७ : २० बजे

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा