लघुजलविद्युत् आयोजना बन्द हुँदा उपभोक्ता अन्धकारमा « Khabarhub

लघुजलविद्युत् आयोजना बन्द हुँदा उपभोक्ता अन्धकारमा


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम- अछामको रामारोशन गाउँपालिका–५ मा रहेको कैलाशखोला प्रथम लघु जलविद्युत् परियोजना अवरुद्ध हुँदा ३०० उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् ।

गत असोज २८ गते राति परियोजनाको बाँध भत्किएपछि विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध भएको हो । विसं २०५६ देखि सञ्चालनमा रहेको विद्युत् आयोजनाबाट विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध हुँदा स्थानीयलाई समस्या भएको छ ।

१५ किलोवाट क्षमताको आयोजनाबाट रामारोशनका ३०० उपभोक्ताले सेवा लिइरहेका परियोजनाका अध्यक्ष लालबहादुर साउँदले जानकारी दिए । विद्युत् सेवा अवरुद्ध भएपछि उपभोक्ता मारमा परेको अध्यक्ष साउँदले बताए ।

तत्कालीन अवस्थामा जिल्ला ऊर्जाको प्राविधिक सहयोग र उपभोक्ताको पूर्ण जनश्रमदानमा निर्माण भएको उक्त जलविद्युत् परियोजनाको सेवा अवरुद्ध भएपछि तिहार अन्धकार हुने भन्दै स्थानीय उपभोक्ता चिन्तित बनेका छन् ।

उपभोक्ताले चाँडोभन्दा चाँडो लघु जलविद्युत् आयोजना मर्मत गरिदिन मागसमेत गरेको गाउँपालिकाका योजना शाखा प्रमुख दलबहादुर साउँदले बताए ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ९ : ४१ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि