चितुवाको आक्रमणबाट १२ वर्षीया सोनिया घाइते « Khabarhub

चितुवाको आक्रमणबाट १२ वर्षीया सोनिया घाइते


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ–तनहुँको भानु नगरपालिकामा चितुवाको आक्रमणबाट आज एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा भानु नगरपालिका–२ की १२ वर्षीया सोनिया अछामी रहेकी छन् ।

छिमेकीको घरबाट फर्कदै गरेकी अछामीलाई चितुवाले आक्रमण गरेको इलाका प्रहरी कार्यालय डुम्रेका प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले जानकारी दिए ।

घाँटीमा घाउ भएकी उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ । भानु नगरपालिकाका विभिन्न वडामा चितुवाको आक्रमण बढेसँगै स्थानीयवासी त्रसित छन् ।

चितुवाको आक्रमणबाट भानु नगरपालिका–१, २, ३ र ४ नं वडामा अहिलेसम्म पाँच बालबालिकाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ८ : ४२ बजे

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा