वैद्यनाथ धाममा सवा करोड ज्याति प्रज्वलन गरिने « Khabarhub

वैद्यनाथ धाममा सवा करोड ज्याति प्रज्वलन गरिने


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘पिण्डेश्वर शिवलक्ष्मी धामले अछामको बैद्यनाथ धाम परिसरमा छैठौं पिण्डेश्वर शिव साधनाको आयोजना गर्ने भएको छ ।

यही मंसिर ८ देखि १२ गतेसमम्म सञ्चालन हुने साधनामा सवा करोड ज्योति प्रज्वलन तथा महारुद्री अनुष्ठानको पनि आयोजना गरिएको श्री मदन बाबा भक्ति केन्द्र काठमाण्डौका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठले बताए ।

बैद्दनाथ धाम नेपालका प्रसिद्द चार धाम पाशुपत क्षेत्र, बराह क्षेत्र र मुक्तिनाथ मध्ये पर्दछ । साफेबगर नगरपालिकास्थित बुढी गंगाको किनारमा अवस्थित बैद्यनाथ धाम परिसरमा आयोजना हुने शिव साधनामा देशभरीबाट करिब दुई हजार श्रदालु भक्तजनहरुको सहभागिता रहने आयोजकको भनाइ छ ।

परम उद्धारकर्ता संकटमोचनस्वरुप मदन बाबाको सानिध्यतामा आयोजना हुने यस शिविरमा साधकहरूले, ध्यान, जप, आराधना, भक्ति र सत्संगमा सक्रिय सहभागिता जनाई लाभ लिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  २ : १५ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित