टुटल र पठाओले यात्रु बोके अब कारवाही « Khabarhub

टुटल र पठाओले यात्रु बोके अब कारवाही


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजी सवारी साधन अर्को प्रयोजनको निम्ति प्रयोग गर्ने नपाइने भएको छ ।

भौतिक तथा यातायत मन्त्रालय यातायात व्यवस्था विभागले एक सूचना जारि गदै कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनमा प्रयोग गर्ने नपाइने जानकारी दिएको छ ।

पछिल्लो समय निजी सवारी साधनले भाडा लिई यात्रु ओसारसार गरेको गुनासो बढे पछि विभागले निजी सवारी साधनले भाडालिई यात्रु ओसारपसार गरेको खण्डमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिन कारवाही गर्ने चेतावनी दिएको छ ।

यो सूचना कार्यान्वयन भएमा निजी सवारीबाट भाडा लिइ यात्रु बोकिरहेका टुटल, पठाओलगायतका मोटरसाइकलमा यात्रु बोक्ने सेवा प्रभावित हुनेछन् ।

यसअघि पनि टुटल र पठाओले मानिसहरु बोकेको भन्दै कारवाही गरिएको थियो । तर चौतर्फी विरोध भएपछि प्रधानमन्त्री केपी ओलीले कारवाही नगर्न भनेका थिए ।

तर ट्याक्सी व्यवसायी र यातायात व्यवसायीले भने यसको विरोध गर्दै आएका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ४ : १४ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

किम्रुङ खोलाको बहाव रोकिएपछि कास्की र पर्वतमा उच्च सतर्कता : कस्तो छ जोखिम ?

काठमाडौँ – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाव एक्कासि

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६