जागिरका लागि अमेरिकी दूतावास छिरेका डीआईजी श्रेष्ठमाथि कारबाही « Khabarhub

जागिरका लागि अमेरिकी दूतावास छिरेका डीआईजी श्रेष्ठमाथि कारबाही


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  सशस्त्र मुख्यालयले सशस्त्र प्रहरीका डीआईजी प्रविण श्रेष्ठलाई विभागीय कारबाही गरेको छ ।

माथिल्लो निकायलाई खबर नगरी अनुमति विना नै जागिरका लागि अमेरिकी दूतावास पुगेपछि उनलाई स्पष्टीकरण सोधिएको मुख्यालयले जनाएको छ ।

श्रेष्ठलाई पदीय आचरण अनुरुप काम नगरेको भन्दै उनको चर्को विरोध भएपछि स्पष्टीकरण सोधिएको सशस्त्र मुख्यालयले बताएको छ ।

सशस्त्र प्रहरी प्रवक्ता सुरज श्रेष्ठले विदेशी नियोगमा जाँदा अनुमति लिनुपर्ने र नलिए कारबाही हुने व्यवस्थाअनुसार नै डीआईजी श्रेष्ठलाई सचेत गराएको बताए ।

डीआईजी श्रेष्ठ सरकारी गाडीमा चढेर दूतावास छिरेका थिए । त्यहाँ उनले करिब एक घण्टा समय बिताएको बताइन्छ ।
सशस्त्र प्रहरीको कमाण्ड एण्ड स्टाफ कलेजमा प्रमुखका रुपमा कार्यरत डीआईजी श्रेष्ठ केही दिन अघि महाराजगन्जस्थित अमेरिकी राजदुतावास पुगेको कुरा अहिले सार्वजनिक भएको हो ।

परराष्ट्र मन्त्रालयले बनाएको कूटनीतिक आचारसंहिता, २०६८ को दफा १० (२१) मा सार्वजनिक ओहोदामा रहेको व्यक्तिले औपचारिक कार्यक्रम वा विधिगत स्वीकार गरिएको निमन्त्रणाबाहेक नेपालस्थित कूटनीतिक नियोग वा निवासमा प्रवेश गर्न नहुने उल्लेख छ ।

अनुमति लिएर गए पनि त्यसबारे परराष्ट्र मन्त्रालयलाई समेत जानकारी गराउनुपर्ने आचारसंहितामा उल्लेख छ । तर, औपचारिक कार्यक्रम र निमन्त्रणामा जान पाउने व्यवस्था आचारसंहितामा उल्लेख छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  २ : २७ बजे

पहिलो महाधिवेशनअघि नै रास्वपामा गुटबन्दी

काठमाडौं- दुई सातापछि सुरु हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको

‘सुधन गुरूङ हिरासतभित्रै छिरेर हप्कीदप्की गरे, सरकारविरुद्ध नबोल्न धम्की दिए’

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले भारतीय दूतावासनजिक शान्तिपूर्ण रूपमा पम्पलेट

सत्र लाख ३० हजार बराबरका मोटरसाइकल बरामद

अत्तरिया– प्रहरीले कैलालीका विभिन्न स्थानबाट १७ लाख ३० हजार बराबरका

‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र संकटमा

झापा– प्रमुख नगदेबाली तथा निर्यातमुखी कृषि उत्पादन चियामा ‘लुपर’ नामक