ए डिभिजन लिगमा आज दुई खेल « Khabarhub

ए डिभिजन लिगमा आज दुई खेल


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद स्मारक ए डिभिजन लिगमा आज (शुक्रबार) दुई खेल हुँदैछ ।

पहिलो खेलमा च्यासल युथ क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ । अर्को खेलमा ब्रिगेड ब्वाइज क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेल च्यासल र मछिन्द्रबीच मध्यान्न १२ बजे शुरु हुनेछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।

यसअघि साढे १२ बजे हुँदै आएको खेल एन्फाले आधा घण्टा अगाडी सारेको हो । दोस्रो खेलमा ब्रिगेड र फ्रेन्डस दिउँसो ३ बजे दशरथ रंगशालामा भिड्नेछन् ।

लिगको पहिलो चरणमा स्पष्ट जित निकाल्ने टिममा पर्छन्, च्यासल युथ क्लब र मछिन्द्र क्लब । दुबै क्लब लिगका उपाधि दाबेदार पनि हुन् । राष्ट्रिय टिमका अधिकांश खेलाडी बोकेका दुवै क्लब दोस्रो चरणमै आमने सामने हुदैछन् ।

राष्ट्रिय टिमका पुर्व कप्तान अनिल गुरुङको कप्तानीमा रहेको ब्रिगेड ब्वाइजले लिगको दोस्रो खेलमा कुपन्डोलको फ्रेन्ड्स क्लबको सामना गर्दैछ । शुक्रबार दशरथ रंगशालामा फ्रेन्ड्स र ब्रिगेड ब्वाइज भिड्न लागेका हुन् । खेल दिनको ३ बजे शुरु हुनेछ ।

यसअघि पहिलो चरणमा पराजित दुबै टिम अंक जोड्ने प्रयासमा हुनेछन् । यसअघि भएको पहिलो खेलमा ब्रिगेड क्लब मछिन्दसँग २–० गोल अन्तरले पराजित भएको थियो । फ्रेन्ड्स भने त्रिभुवन आर्मीसँग २–१ गोल अन्तरले हारेको थियो ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ६ : ५५ बजे

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि

राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा

राजेन्द्र पौडेल नेपाल सरकारको सचिवमा बढुवा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्र पौडेल सचिव