मोटरसाइकल चोरी गर्ने ११ पक्राउ « Khabarhub

मोटरसाइकल चोरी गर्ने ११ पक्राउ


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीले राजधानीका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ११ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरले चन्द्रागिरि, नागार्जुन, कीर्तिपुरलगायतका विभिन्न स्थानबाट हराएका नौ वटा मोटरसाइकलसहित ११ जनालाई पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक छेदुलाल कामतीले एकान्त स्थानबाट मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा कीर्तिपुरका मदन तामाङ, चितवनका सोम सुनार र सन्दीप गुरुङ, मकवानपुरका सन्तोष गोले, नवलपरासीका भरत थापा, चन्द्रागिरिका रिन्जेन मोक्तान, काभ्रेपलाञ्चोकका इन्द्रबहादुर तामाङ र गणेश लामा, सिन्धुलीका विक्रम भुजेल, बर्दियाका राजु पौडेललगायत छन् ।

चोरी मुद्दा दर्ता गरेर उनीहरुमाथि अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ७ : १३ बजे

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा