दिवा खाजाले विद्यार्थीको सङ्ख्यामा वृद्धि « Khabarhub

दिवा खाजाले विद्यार्थीको सङ्ख्यामा वृद्धि


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा- विभिन्न सामुदायिक विद्यालयमा सञ्चालन भएको दिवा खाजा कार्यक्रमका कारण पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको छ ।

पूर्वी उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिका–१० पाण्डुसैनमा रहेको कैलाश प्राथमिक विद्यालयमा केही वर्ष पहिले ५० देखि ७० विद्यार्थी रहेका थिए । विद्यालयले दिवा खाजा कार्यक्रम शुरु गरेपछि विद्यार्थीको सङ्ख्यामा दोब्बरले वृद्धि भएको हो ।

पहाडी तथा उच्च हिमाली भेगमा गरीब परिवारका बालबालिका र कक्षा छोड्ने दोहोर्‍याउने विद्यार्थीलाई लक्षित गरी दिइने दिवा खाजा कार्यक्रमका कारण तल्लो कक्षामा विद्यालय आउन छाड्ने समस्या केही हटेको कैलाश प्राथमिक विद्यालयका प्रधानाध्यापक गणेशबहादुर सिहंले बताए ।

कक्षा १ देखि ५ सम्म सञ्चालन भएका १३४ आधारभूत विद्यालयका एक हजार ६१३ विद्यार्थी दिवा खाजा कार्यक्रममा सहभागी हुने गरेको सिंहले जानकारी दिए ।

विद्यालयमा दिवा खाजा सञ्चालन गरेपछि अभिभावकमा समेत बालबालिकालाई विद्यालय पठाउने उत्सुकता जागेको प्रअ सिंहको भनाइ छ । पौष्टिक तत्वसहितको खाजा खान पाएकोमा अभिभावकले खुशी व्यक्त गरेका छन् । घरका अभिभावक सबै खेतको काम गर्न जाने भएकाले विद्याललमै खाजा खुवाउने भएपछि ढुक्क हुने गरेको अभिभावक गोकर्ण देवकोटाले बताए ।

प्राथमिक तहको विद्यालयमा हरेक वर्ष २०० भन्दा बढी विद्यार्थी भर्ना हुने गरेको विद्यालयले जनाएको छ । उच्च लेकाली भेगमा रहेको हिमाली गाउँपालिकाको हिमालभक्ति प्राथमिक विद्यालयमा ३२ बालबालिका दिवा खाजाले नियमित विद्यालयमा आउने गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य प्रेम लामाले बताए ।

सामुदायिक विद्यालयका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम सञ्चालन कार्यविधि विसं २०७३ मा स्थानीयस्तरमा उपलब्ध हुने खाद्य पदार्थबाट सम्बन्धित विद्यालयका खाजा व्यवस्थापन समितिले विद्यार्थीलाई खाजा उपलब्ध गराउँदै आएको शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका निमित्त समन्वय एकाइ प्रमुख रमेश जनालले बताए ।

सो कार्यक्रमअन्तर्गत विद्यालयमा सरसफाइ, चर्पी भवन निर्माण तथा मर्मतसम्भार गर्दै आएको कार्यक्रमका जिल्ला संयोजक प्रेम खनालले बताए ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ९ : २८ बजे

गत आर्थिक वर्षमा गुगल, मेटा लगायतका कम्पनीले बुझाए ४० करोड बढी कर

काठमाडौं– गत आर्थिक वर्ष ०८१-८२ मा गुगल, मेटा, लिंक्डइन, माइक्रोसफ्ट,

दार्चुलामा प्रधानाध्यापक मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहन आरोपमा ८ जना पक्राउ

दार्चुला- दार्चुलाको एक विद्यालयका प्रधानाध्यापक झुण्डिएको अवस्थामा मृत फेला परेको

नेप्से परिसूचकमा ६.५१ अंकको गिरावट

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि

प्रधानन्यायाधीशमा डा. शर्माको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं- सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा डा. मनोज कुमार शर्माको नाम

विनियोजन विधेयकमा दलित समुदायको उत्थानका योजना खोज्दै सांसद

काठमाडौं– संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम र विनियोजन विधेयकका