सरकार राज्य दोहनमा सक्रिय बन्यो : नेता कोइराला « Khabarhub

सरकार राज्य दोहनमा सक्रिय बन्यो : नेता कोइराला


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकार राज्य दोहनमा सक्रिय बनेको आरोप लगाएका छन् ।

राष्ट्रिय निकुञ्जको जग्गा,काठमाडौस्थित गोकर्ण जंगल लगायत व्यक्तिगत लाभका लागि दिन ऐन नै संशोधन गर्नसमेत सरकार पछि नपरेको उनको आरोप छ ।

‘सगरमाथा राष्ट्रिय निकुञ्जको जग्गा,काठमाडौस्थित गोकर्ण जंगल र दरबारमार्गको जग्गा सरकार र मन्त्रीहरुको मिलेमतोमा ऐन नै संशोधन गर्ने काम भएको छ’, नेता कोइरालाले भने,’ यति होल्डिङ्सको फाइदाका लागि सरकार लागेको छ । यो राज्य दोहनको चरम उदाहरण हो ।मुलुकका लागी यो भन्दा बदमासी के हुन सक्छ ?’

अख्तियार दुरुपयोग अनुसन्धान आयोग,राजस्व अनुसन्धान बिभाग र सम्पत्ती शुद्धिकरण विभागले यस्ता विषयमा ध्यान दिन नसकेको उनको आरोप छ । यति होल्डिङ्सलाई दिइएको जग्गा, वालुवाटार जग्गा र झापास्थित प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा भएको ५० बिघा भन्दा बढि जग्गाका बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम प्रभावकारी नदेखिएको उनको भनाइ छ ।

यस्ता विषयमा जनताले सरकार र मन्त्रीहरुसॅग प्रश्न गर्ने समय आएको नेता कोइरालाको भनाइ छ । उनले सरकार राज्य दोहनमा उद्यत भएको समयमा नेपाली कांग्रेस पार्टीले संसद र सडकबाट जोडदार आवाज उठाउनु पर्ने बताए ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  १२ : ११ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका