नाता प्रमाणित गर्दा २ लाख घुस लिने वडाध्यक्ष पक्राउ « Khabarhub

नाता प्रमाणित गर्दा २ लाख घुस लिने वडाध्यक्ष पक्राउ


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

रामग्राम– नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष गोपाल दिस्वा मगर २ लाख रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।

सेवाग्राहीको नाता प्रमाणित तथा स्वास्थ्य उपचारको सिफारिस लगायतको बहानामा २ लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडाध्यक्ष मगरलाई पक्राउ गरेको हो ।

अख्तियारको टोलीले वडाध्यक्ष मगरसहित लेखनदास रवीन्द्रप्रसाद यादवलाई समेत नियन्त्रणमा लिएको छ ।

वडाध्यक्ष मगरले लेखनदास यादवमार्फत सेवाग्राहीबाट घुस उठाएको देखिएको अख्तियारले जनाएको छ ।

अख्तियारको टोलीले वडाध्यक्ष मगरलाई रामग्राम नगरपालिका–१८ स्थित होली चाइल्ड स्कूल नजिकबाट र लेखनदास यादवलाई मालपोत कार्यालय नवलपरासी (पश्चिम) जाने बाटोबाट नियन्त्रणमा लिइको जनाएको छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  १ : १६ बजे

दुबई विमानस्थल क्षेत्रमा आक्रमण, आगलागीपछि बन्द गरियो सबै उडान

दुबई- अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दुबई अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आक्रमण भएको

लमजुङमा एक वृद्ध मृतावस्थामा फेला

लमजुङ– लमजुङस्थित बेसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाटको मध्य मस्र्याङ्दी

सूर्यविनायक चक्रपथ जोड्ने पलाँसे–तारकेश्वर सडकको शिलान्यास

भक्तपुर– बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले भक्तपुरको पलाँसे–तारकेश्वर सडकखण्ड निर्माण

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र

संसदीय राजनीतिबाट सिके राउतको बिदाइ

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले संसदीय