यस्तो बन्यो धुर्मुस सुन्तलीको ‘फनफनी’ गीत (भिडियो) « Khabarhub

यस्तो बन्यो धुर्मुस सुन्तलीको ‘फनफनी’ गीत (भिडियो)


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फागुन ९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘सेन्टीभाइरस’ को गीत सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरियो ।

‘फनफनी’ बोलको गीतमा मेलिना राई र कालीप्रसाद बास्कोटाको स्वर सुन्न सकिन्छ भने शंकर थापा स्माइलको संगीत रहेको छ । यस्तै गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् ।

भिडियोमा सीताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, कमलमणि नेपाल लगायतलाई देख्न सकिन्छ । यी कलाकारले गीतमा मात्र नभएर फिल्ममा पनि अभिनय गरेका छन् ।

‘फनफनी’ गीतको कोरियोग्राफी शंकर बिसीले गरेका हुन् भने अञ्जली अधिकारीले पनि नृत्य प्रस्तुत गरेकी छिन् ।

यो गीत पहिले ‘सक्किगोनि’ टिमले निर्माण गर्न लागेको फिल्मका लागि तयार पारिएको तर ‘सेन्टीभाइरस’ पहिले नै निर्माण हुने भएपछि यसैमा समावेश गरिएको निर्माण टिमले बतायो ।

रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘सेन्टीभाइरस’ लाई शैलेन्द्र डि कार्कीले खिचेका हुन् । फिल्मको कथा भने कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् ।

डिन्डु लामा ह्योल्मो निर्माण गरेको फिल्ममा फुर्पा ह्योल्मो सह–निर्माताका रुपमा छन् ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  १ : २० बजे

‘हलो क्रान्तिका अभियन्ता अधिकारीको योगदान महत्त्वपूर्ण छ’

गण्डकी– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हलो क्रान्तिका अभियन्ता श्रीकान्त

ओली-लेखकको पक्षमा सर्वोच्चको परमादेश : अब म्याद नथप्नू, हिरासत मुक्त गरी थप अनुसन्धान सम्पन्न गर्नू

काठमाडौं- सर्वोच्च अदालत ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

भैरहवा– रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले

क्षेत्रीय युद्धबारे इरान, रुस र भारतबीच कूटनीतिक संवाद

तेहरान- इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले पश्चिम एशियामा जारी क्षेत्रीय

मधेस प्रदेश प्रमुखसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेश कार्यालयले गत आर्थिक वर्ष