‘दिदी’का छोराछोरी अपहरण गरेर ३ लाख फिरौती माग, होटेलका कोठामा ‘भान्जाभान्जी’लाई बन्धक « Khabarhub

‘दिदी’का छोराछोरी अपहरण गरेर ३ लाख फिरौती माग, होटेलका कोठामा ‘भान्जाभान्जी’लाई बन्धक


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ३ जना बालबालिकालाई अपहरण गरेर बन्धक बनाउने कार्यमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको सामाखुसीबाट ३ जना बच्चालाई अपहरण गरेर होटलको कोठमा बन्धक बनाइ राख्ने २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार घटना शनिबारको हो । शनिबार रुपा नाम गरेकी महिला काठमाडौंको सामाखुसीस्थित आफ्नो डेरामा ३ जना बालिबालिकालाई आफन्तको भरमा छाडेर काम विशेषले पोखरा गएकी थिइन् ।

तर, सोही दिन रुपालाई कसैले उनका छोरा अपहरणमा परेको भनेर फोन गर्दै ३ लाख रुपैयाँ फिरौती माग गर्छन् । फिरौती माग्ने व्यक्ति पनि उनकै चिनजानका आशिष सिजापति हुन्छन् । कैलालीको धनगढी घर भइ काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा बस्दै आएका आशिष रुपालाई दिदी भनेर बोलाउने गर्थे । तर, शनिबार राति आशिषले नै रुपालाई फोन गरेर भने, ‘तिम्रा छोरा–छोरी मेरो कब्जामा छन् । तुरुन्त ३ लाख रुपैयाँ नदिए जे पनि हुनसक्छ ।’

रुपालाई आशिषले फोनबाट ‘मजाक’ गरेको होला जस्तो लागेको थियो । तर, काठमाडौं फर्किएपछि कोठामा छोरा–छोरी नदेखिएपछि उनले आफन्तसँग सोध–खोज गरिन् ।

आफन्तहरुले आशिषले नै छोरा–छोरीलाई होटलको कोठमा बस्न लैजाने भन्दै लगेको बताए ।

त्यसपछि रुपाले आफ्ना छोरा–छोरीको अपहरण भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा खबर गरिन् ।

रुपाको सूचनापछि ३ जना बालबालिकाको खोजीमा जुटेको प्रहरीको टोलीले काठमाडौंको टोखा नगरपालिका–९ शान्तिटोलस्थित होटल ब्लु स्टारको कोठा नम्बर ४०४ मा उनीहरुलाई फेला पार्‍यो ।

तीनैजनलाई होटेलको कोठामा राखेर बन्धक बनाइएको थियो । प्रहरीले ३ जना बालबालिकाको उद्दार गर्दै उनीहरुलाई बन्धक बनाउने गोरखा घर भएका २८ वर्षीय विनोद थापा मगर र होटल सञ्चालकलाई पक्राउ गर्‍यो ।

प्रहरीसँगको बयानका क्रममा पक्राउ परेका विनोदले आफूलाई आशिषले नै बालबालिकाको ‘केयर’ गर्न भनेर होटेलमा राखेर गएको बताएका छन् ।

आफूले भान्जा–भान्जी भन्ने गरेका ३ जना बालबालिकाको अपहरण गरेर फिरौती माग्ने आशिषलाई भने मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौंबाट पक्राउ परेका २ र मकवानपुरबाट पक्राउ परेका आशिषसहित तीनै जनाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान शुरु गरेको छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  २ : २६ बजे

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार