‘दिदी’का छोराछोरी अपहरण गरेर ३ लाख फिरौती माग, होटेलका कोठामा ‘भान्जाभान्जी’लाई बन्धक « Khabarhub

‘दिदी’का छोराछोरी अपहरण गरेर ३ लाख फिरौती माग, होटेलका कोठामा ‘भान्जाभान्जी’लाई बन्धक


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ३ जना बालबालिकालाई अपहरण गरेर बन्धक बनाउने कार्यमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको सामाखुसीबाट ३ जना बच्चालाई अपहरण गरेर होटलको कोठमा बन्धक बनाइ राख्ने २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार घटना शनिबारको हो । शनिबार रुपा नाम गरेकी महिला काठमाडौंको सामाखुसीस्थित आफ्नो डेरामा ३ जना बालिबालिकालाई आफन्तको भरमा छाडेर काम विशेषले पोखरा गएकी थिइन् ।

तर, सोही दिन रुपालाई कसैले उनका छोरा अपहरणमा परेको भनेर फोन गर्दै ३ लाख रुपैयाँ फिरौती माग गर्छन् । फिरौती माग्ने व्यक्ति पनि उनकै चिनजानका आशिष सिजापति हुन्छन् । कैलालीको धनगढी घर भइ काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा बस्दै आएका आशिष रुपालाई दिदी भनेर बोलाउने गर्थे । तर, शनिबार राति आशिषले नै रुपालाई फोन गरेर भने, ‘तिम्रा छोरा–छोरी मेरो कब्जामा छन् । तुरुन्त ३ लाख रुपैयाँ नदिए जे पनि हुनसक्छ ।’

रुपालाई आशिषले फोनबाट ‘मजाक’ गरेको होला जस्तो लागेको थियो । तर, काठमाडौं फर्किएपछि कोठामा छोरा–छोरी नदेखिएपछि उनले आफन्तसँग सोध–खोज गरिन् ।

आफन्तहरुले आशिषले नै छोरा–छोरीलाई होटलको कोठमा बस्न लैजाने भन्दै लगेको बताए ।

त्यसपछि रुपाले आफ्ना छोरा–छोरीको अपहरण भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा खबर गरिन् ।

रुपाको सूचनापछि ३ जना बालबालिकाको खोजीमा जुटेको प्रहरीको टोलीले काठमाडौंको टोखा नगरपालिका–९ शान्तिटोलस्थित होटल ब्लु स्टारको कोठा नम्बर ४०४ मा उनीहरुलाई फेला पार्‍यो ।

तीनैजनलाई होटेलको कोठामा राखेर बन्धक बनाइएको थियो । प्रहरीले ३ जना बालबालिकाको उद्दार गर्दै उनीहरुलाई बन्धक बनाउने गोरखा घर भएका २८ वर्षीय विनोद थापा मगर र होटल सञ्चालकलाई पक्राउ गर्‍यो ।

प्रहरीसँगको बयानका क्रममा पक्राउ परेका विनोदले आफूलाई आशिषले नै बालबालिकाको ‘केयर’ गर्न भनेर होटेलमा राखेर गएको बताएका छन् ।

आफूले भान्जा–भान्जी भन्ने गरेका ३ जना बालबालिकाको अपहरण गरेर फिरौती माग्ने आशिषलाई भने मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौंबाट पक्राउ परेका २ र मकवानपुरबाट पक्राउ परेका आशिषसहित तीनै जनाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान शुरु गरेको छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  २ : २६ बजे

दुबई विमानस्थल क्षेत्रमा आक्रमण, आगलागीपछि बन्द गरियो सबै उडान

दुबई- अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दुबई अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आक्रमण भएको

लमजुङमा एक वृद्ध मृतावस्थामा फेला

लमजुङ– लमजुङस्थित बेसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाटको मध्य मस्र्याङ्दी

सूर्यविनायक चक्रपथ जोड्ने पलाँसे–तारकेश्वर सडकको शिलान्यास

भक्तपुर– बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले भक्तपुरको पलाँसे–तारकेश्वर सडकखण्ड निर्माण

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र

संसदीय राजनीतिबाट सिके राउतको बिदाइ

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले संसदीय