अधिवक्तामाथि सांघातिक आक्रमण गर्नेमाथि कारवाही गर्न बार एशोसिएशनको माग « Khabarhub

अधिवक्तामाथि सांघातिक आक्रमण गर्नेमाथि कारवाही गर्न बार एशोसिएशनको माग


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बार एशोसिएशनले वरिष्ठ अधिवक्ता सुनीलकुमार श्रेष्ठमाथि सांघातिक आक्रमण गरेको घटनाका दोषीलाई कारवाही गर्न माग गरेको छ ।

बारका महासचिव लीलामणि पौडेलद्वारा हस्ताक्षरित आज जारी प्रेस विज्ञप्तिमा वरिष्ठ अधिवक्ता श्रेष्ठको ‘ल फर्म’ घेराउ गर्ने काम अभद्र र अमर्यादित मात्र नभएर जीउ ज्यानसमेतमा धावा बोल्ने काम भएकाले दोषीलाई कारवाही गर्न माग गरिएको छ ।

वरिष्ठ अधिवक्ता श्रेष्ठलाई यही पुस २ गतेका दिन प्रतिवादी विजय पाठकका तर्फबाट कानून व्यवसायीको हैसियतले बाँके जिल्ला अदालतमा बहस पैरवी गरेको विषयलाई लिएर मुद्दाका जाहेरवाला पक्षबाट नचिनिएका ५० भन्दा बढी व्यक्तिले हुलहुज्जत गरी हातपात गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधानको धारा २० (२)ले पक्राउ परेका व्यक्तिलाई पक्राउ परेको समयदेखि नै आफूले रोजेको कानून व्यवसायीसँग सल्लाह लिन पाउने तथा कानून व्यवसायीद्वारा पुर्पक्ष गर्नेको हक हुनेछ भनी व्यवस्था गरेको छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ३ : ३४ बजे

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा