दुर्घटना रोक्न सडक पूर्वधारमा सुधार गर्नुपर्छ: नेता साह | Khabarhub Khabarhub

दुर्घटना रोक्न सडक पूर्वधारमा सुधार गर्नुपर्छ: नेता साह


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कमजोर सडक पूर्वाधारका कारण सवारी दुर्घटना बढेको भन्दै सांसद प्रभु साहले दुर्घटना रोक्न सक्ने पूर्वाधार निर्माण गर्न आग्रह गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा “बढ्दो सवारी दुर्घटना” माथिको छलफलमा बोल्दै नेकपा प्रदेश नम्बर २ का अध्यक्षसमेत रहेका सांसद साहले सांघुरो सडक, नियमनमा लापरवाही तथा सडक सुरक्षासम्बन्धि ज्ञानका कारण दुर्घटना बढेको बताए । अध्यक्ष साहले भने, “सडक दुर्घटनाको मुख्य कारण सांघुरो तथा बढ्दो सवारीको चाप हो । पछिल्लो समय मुलुकमा निर्माण भएका तथा निर्माणाधीन सडकहरुको सडकसीमा निक्कै सांघुरो छ । कतै ९ मीटर त कतै १५ मीटर सडकसीमा तोकेर सडकहरु निर्माण भएका छन् । जबकी मापदण्ड नै हामीले राजमार्गका लागि ५० मीटर राख्ने बनाएका छौँ । त्यसको कार्यान्वयन नहुँदा सडक दुर्घटना बढी भएको हो।”

उनले भने, “एकातर्फ दुर्घटना मानवीय तथा प्राविधिक कारणले भइरहेको हो । चालकको लापरबाही, मानसिक तथा दृष्टिमा समस्या, जाँडरक्सी सेवन वा तीव्र गतिमा गाडी गुडाउने जस्ता मानवीय त्रुटीका कारण दुर्घटना हुने गर्दछ । त्यस्तै गाडीमा समस्या, थोत्रो गाडी, ब्रेक फेल, पांग्रा चिप्लिनेजस्ता प्राविधिक त्रुटीले दुर्घटना निम्तिने गरेको छ।”

नियमक निकायको लापरबाहीका कारण पनि सडक दुर्घटनामा वृद्धि भएको आरोप लगाउदै उनले थपे, “एकपटक सवारी चालक अनुमतिपत्र दिइसकेपछी पुन: त्यसको अपडेट लिइदैन । पछि चालक अन्धो भयो कि मानसिक समस्या आएको हो सम्बन्धित निकायलाई मतलब हुँदैन । गाडी चल्न योग्य छ कि छैन, रुट परमिट आवश्यक छ कि छैन त्यसको नियमन गर्ने निकाय छ तर नियमनमा व्यापक लापरबाही छ जसको कारण दुर्घटना बढ्दो छ ।”

स्तरीय सडकको निर्माण बिना दुर्घटना रोक्न नसकिने उनको भनाई छ । सडक ऐनमा व्यवस्था भएको सडकसीमा निर्धारण गरि सडक बनाएमा मानवीय तथा प्राविधिक त्रुटी एकहद सम्म नियन्त्रण हुनेमा सांसद साह सहमत छन् । उनले सडक सुरक्षा ऐन पनि ल्याउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ५ : ०७ बजे

बलर हावी खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज