तस्वीरमा हेर्नुहोस्– होलीको रौनक « Khabarhub

तस्वीरमा हेर्नुहोस्– होलीको रौनक


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  रङ दल्दै आपसमा खुशियाली साटासाट गरेर मनाइने रङ्गै–रङ्गको पर्व होलीको उमङ्ग शुरु भएको छ । विजयको प्रतीकको रुपमा मनाइने परम्परा रहेको होली काठमाडौँ उपत्यकालगायत हिमाली र पहाडी क्षेत्रमा धुमधामका साथ एक–अर्कामा रङ दलेर मनाउन थालिएको छ । तराईका जिल्लामा भने भोली होली मनाइन्छ । चितवनलगायतका कतिपय जिलामा दुवै दिन होली मनाउने चलन छ ।

आज बिहानैदेखि उपत्यकामा बालबालिका तथा युवा सेतो टिसर्टमा सजिएर समूह–समूहमा होली खेल्न थालेका दृष्य यत्रतत्र देखिएका छन् । विभिन्न थरिका रङमा देखिएका उनीहरु एकापसमा होली दलेर रमाइरहेका छन् ।

हीरण्यकश्प नामक राक्षसले भगवान् विष्णुका भक्त आफ्नै छोरा प्र्रह्लादलाई अग्नि कुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई जिम्मा दिएको र प्रह्लादलाई काखमा लिएर अग्निमा प्रवेश गर्दा होलिका जलेको तर प्रह्लादलाई केही नभएको खुशियालीमा आपसमा रङ दलेर होली मनाउने प्रचलन छ ।

होलीको दिनमा आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको छ । काठमाडौँको वसन्तपुर, मैतीदेवी, टुँडिखेल, सामाखुशी, टोखा, भृकुटीमण्डप, महाराजगञ्जलगायत १८ स्थानमा होली कार्यक्रम सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयबाट विभिन्न सङ्घ संस्थाले अनुमति लिएका छन् ।

सो क्षेत्रमा होलीलाई शान्तिपूर्ण बनाउन प्रहरी परिचालन गरिएको छ । अन्य क्षेत्रमा पनि सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । संस्कृतिअनुसार आपसी शुभकामना साटासाट गरेर शान्तिपूर्ण रुपमा मनाउनुपर्ने होली पछिल्लो समयमा विकृति मिसिएको भन्दै चिन्ता प्रकट गरिएको छ ।

बेलुनमा पानी भरेर जथाभावी हान्ने, बटुवालाई फोहर पानी छ्याप्ने, जबर्जस्ती रङ दल्नेलगायत उच्छृङ्खल गतिविधि देखिने गरेको छ । यस्ता विकृतिले कतिपयको लडेर त कतिपयको आपसी विवादका कारण मृत्यु नै भएका घटना रहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताउनुभयो ।

आज बिहान काठमाडौँका विभिन्न क्षेत्र घुम्दा मुख्य सडकभन्दा भित्री सडकमा विकृतिपूर्ण व्यवहार देखिएका छन् । बालबालिकाले भने लोलाको प्रयोग गरिरहेका छन् । भित्री सडकमा लोला हानेका प्लाष्टिक सडकमा यत्रतत्र देखिएका छन् ।

मुख्य सडक क्षेत्रमा भने युवाको झुण्ड होलीमा रमाइरहेका छन् । होली विशेष कार्यक्रम आयोजना गरिएको क्षेत्रमा भने सांस्कृति कार्यक्रमसहित होली मनाउने तयारी गरिएको छ । कतिय भने होली मनाउने तयारीमा देखिएका थिए ।

 

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  १ : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै