श्रीलंकालाई हराउँदै नेपाली टोली साफ च्याम्पियनसिपको फाइनलमा « Khabarhub

श्रीलंकालाई हराउँदै नेपाली टोली साफ च्याम्पियनसिपको फाइनलमा


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय महिला टोली चौथो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । विराटनगरस्थित शहीद रंगशालामा भएको सेमिफाइनल खेलमा श्रीलंकालाई पराजित गर्दै चौथो पटक फाइनलमा पुगेको हो ।

आज (बुधबार) भएको सेमिफाइनल खेलमा श्रीलंकालाई ४—० गोल अन्तरले पराजित गरेको थियो । खेलमा सुरुवाति दबाब कायम गर्न सफल रहेको नेपालले गोलका लागि भने ४२ औं मिनेटसम्म कुर्नु परेको थियो ।

श्रीलंकाविरुद्ध आक्रमक देखिएको नेपालका लागि फरवार्ड सावित्रा भण्डारी, पुनम जार्घा मगर, अनिता बस्नेत र रेखा पौडेलले समान १—१ गोल गरे ।

पहिलो हाफमा १—० को अवस्थामा रहेको खेलमा नेपालका लागि दोस्रो गोल ७२ औं मिनेटमा अनिता बस्नेतले गरिन । ८३ औं मिनेटमा सावित्रा भण्डारीले अर्को गोल गरिने ।

त्यस्तै नेपालका लागि चौथो गोल रेखा पौडेलले गरिन्। उनको यो डेब्यु खेल मै गरेको गोल महत्वपूर्ण सावित भएको छ ।

यो प्रतियोगितामा नेपालले तीन खेल खेल्यो । यी तीन खेलमा सावित्रा भण्डारीले ३ गोल गरिन ।

घरेलु मैदानमा भएको खेलमा उत्कृष्ट लयमा रहेको नेपालले शुक्रबार उपाधिका लागि आजै दिउँसो ३ बजे हुने भारत र बंगलादेशबीचको बिजेतासँग फाइनल खेल खेल्नेछ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  १२ : ५६ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति