श्रीलंकालाई हराउँदै नेपाली टोली साफ च्याम्पियनसिपको फाइनलमा « Khabarhub

श्रीलंकालाई हराउँदै नेपाली टोली साफ च्याम्पियनसिपको फाइनलमा


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय महिला टोली चौथो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । विराटनगरस्थित शहीद रंगशालामा भएको सेमिफाइनल खेलमा श्रीलंकालाई पराजित गर्दै चौथो पटक फाइनलमा पुगेको हो ।

आज (बुधबार) भएको सेमिफाइनल खेलमा श्रीलंकालाई ४—० गोल अन्तरले पराजित गरेको थियो । खेलमा सुरुवाति दबाब कायम गर्न सफल रहेको नेपालले गोलका लागि भने ४२ औं मिनेटसम्म कुर्नु परेको थियो ।

श्रीलंकाविरुद्ध आक्रमक देखिएको नेपालका लागि फरवार्ड सावित्रा भण्डारी, पुनम जार्घा मगर, अनिता बस्नेत र रेखा पौडेलले समान १—१ गोल गरे ।

पहिलो हाफमा १—० को अवस्थामा रहेको खेलमा नेपालका लागि दोस्रो गोल ७२ औं मिनेटमा अनिता बस्नेतले गरिन । ८३ औं मिनेटमा सावित्रा भण्डारीले अर्को गोल गरिने ।

त्यस्तै नेपालका लागि चौथो गोल रेखा पौडेलले गरिन्। उनको यो डेब्यु खेल मै गरेको गोल महत्वपूर्ण सावित भएको छ ।

यो प्रतियोगितामा नेपालले तीन खेल खेल्यो । यी तीन खेलमा सावित्रा भण्डारीले ३ गोल गरिन ।

घरेलु मैदानमा भएको खेलमा उत्कृष्ट लयमा रहेको नेपालले शुक्रबार उपाधिका लागि आजै दिउँसो ३ बजे हुने भारत र बंगलादेशबीचको बिजेतासँग फाइनल खेल खेल्नेछ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  १२ : ५६ बजे

बेतबाँसको सीपले आयआर्जनमा सहयोग

बर्दिया– वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँपालिका–९

म्याद गुज्रेका सामग्री फेला परेपछि अनुगमन तीव्र

खोटाङ– चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा– झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध आजदेखि

रेफ्रीमाथि खनिएका मौरिन्होले भने-‘दुई वटा रातो कार्ड दिनुपर्थ्यो’

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत ‘मड्रिड डर्बी’ मा एट्लेटिको मड्रिडसँग

१० खेलाडीमा सीमित रियललाई २-१ ले हराउँदै एट्लेटिको विजयी

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’