महिला साफ च्याम्पियनसिपः नेपाल–भारतबीच चौथो पटक फाइनल भिडन्त « Khabarhub

महिला साफ च्याम्पियनसिपः नेपाल–भारतबीच चौथो पटक फाइनल भिडन्त


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले महिला साफ च्याम्पियनसिपको उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । विराटनगरको सहिद मैदानमा भइरहेको साफ च्याम्पियनसिपमा बुधबार दोस्रो सेमिफाइनलमा बंगलादेशलाई पराजित गर्दै भारत फाइनलमा पुगेसँगै नेपाल र भारतबीचको उपाधि भिडन्त पक्का भएको हो । त्यसो त नेपालले चौथो पटक साफको फाइनलमा प्रतिस्पर्धा गर्न लागेको हो ।

श्रीलंकााई ४—० गोल अन्तरले पराजित गर्दै नेपाल र बंगलबादेशलाई ४–० गोल अन्तरले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेका हुन् ।
सन् २०१०, २०१२ र २०१४ मा लगातार तीन पटकको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । पहिलो संस्करणमै फाइनलसम्मको यात्रा तय गर्न सफल भएको नेपाल चौथौ संस्करणमा भने फाइनल प्रवेश गर्न सकेको थिएन् । घरेलु मैदानमा भएको खेलमा जित निकाल्दै इतिहास रच्न अवर नेपाललाई रहेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा श्रीलंकालाई ४—० ले पराजित गर्दै फाइनल पुगेको नेपालका लागि सावित्रा भण्डारी, अनिता बस्नेत, रेखा पौडेल र पुनम जर्घामगरले गोल गरेका थिए ।

त्यस्तै, फाइनलमा स्थान बनाएको भारतका लागि इन्दुमती काथिरेसनले २३ र ३७ औं मिनेट गोल गरिन भने डालिमा छिवर्गले १८ एक गोल गर्दै टिमलाई पहिलो हाफमा ३—० को शानदार अग्रता दिलाएकी थिइन् ।

प्रतियोगितामा राम्रो लयमा देखिएको नेपालले अघिल्लो महिना भारतमा सम्पन्न महिला हिरो गोल्डकप प्रतियोगितामा पहिलो पटक उसैको मैदानमा भारतलाई पराजित गरेको थियो । यसपटक साफमा लगातार तीन पटकको तगारो बनेको भारतलाई पछि पार्ने अवसरका रुपमा पनि पाँचौ संस्करणलाई हेरिएको छ ।

लगातार चार प्रतियोगितामा भारतसँगै पराजित भएको नेपालका लागि युवा खेलाडीको लय कायम रहे घरेलु मैदानमा उपाधि उचाल्दै इतिहास रच्ने अवसर रहेको छ । नेपालले समूह चरणमा भुटान र बंगलादेशलाई ३—० गोल अन्तरले पराजित गरेको थियो ।
जितपछि पत्रकारसँग बोल्दै नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले खेलाडीको मेहनतले जित सम्भव भएको बताउँदै फाइनलमा यो लय कायम राख्ने बताएका छन् ।

भारत प्रतियोगितामा बलियो टोलीका रुपमा रहेको छ । अहिलेसम्मको इतिहासले पनि नेपाली खेलाडीमाथि भारतीय खेलाडी मनोवैज्ञानीक रुपमा बलियो देखिने छन् । तर, पनि नेपालले आफ्नो प्रदर्शन सुधार्दै यहि लयलाई यथावत राख्न सकेपनि उपाधि उचाल्न सक्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  ६ : २८ बजे

विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध चलेन भारतको ब्याटिङ, ७६ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा दक्षिण अफ्रिकाले

निर्वाचन आयोगले भन्यो : चुनाव प्रचारमा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नू

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को

मधेश बलियो भए मात्रै मुलुकमा सङ्घीयता सुरक्षित रहन्छ : यादव

सप्तरी – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

मापदण्ड बमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध

काठमाडाैं – निर्वाचन आयोगले तोकिए बमोजिमको मापदण्डबमोजिम दलको झन्डा र

धनगढीभित्रको सडक क्षेत्राधिकार आठ मिटर कायम

सुदूरपश्चिम- धनगढी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार १० मिटरबाट घटाएर पुनः आठ