अल्जेरियाको ‘एनआरडी’पार्टीले राष्ट्रपतिलाई समर्थन नगर्ने घोषणा « Khabarhub

अल्जेरियाको ‘एनआरडी’पार्टीले राष्ट्रपतिलाई समर्थन नगर्ने घोषणा


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अल्जेरिया– उत्तर अफ्रिकी मुलुक अल्जेरियाको सरकारसँग नजिक रहेको शक्तिशाली राजनीतिक दल नेशनल ¥याली फर डेमोक्र्याटिक पार्टीले वर्तमान राष्ट्रपति अब्देलाजिज बोटेफ्लिकालाई समर्थन नगर्ने घोषणा गरेको छ ।

निकै लामो समयदेखि अल्जेरिया सरकारको गठबन्धनमा रहेको नेशनल  र्‍याली फर डेमोक्र्याटिक आरएनडी पार्टीले बोटेफ्लिकालाई समर्थन नगर्ने घोषणा गरेको हो । पार्टीका प्रवक्ता सदिक सिहाबले अल विलाद टेलिभिजनलाई दिएको अन्तरवार्ताका क्रममा राष्ट्रपति बोटेफ्लिकाले पाचाँै चरणको कार्यकालका लागि उम्मेद्वारी दिएर गल्ती गरेको र यसमा आफ्नो पार्टीले समर्थन गर्न नसक्ने जनाएका हुन् ।
उनले भने — ‘गैर संवैधानिक शक्तिले केही वर्षयता मुलुकको सत्ता आफ्नो हातमा लिएर कानूनी प्रक्रियाबाहिर गई राज्य सञ्चालन गर्दै आइरहेको छ ।’
विगत २० वर्षदेखि अल्जेरियाको सत्तामा रहेका राष्ट्रपति बोटेफ्लिकाले आगामी १८ अप्रिलमा हुन लागेको निर्वाचनमा पाचौँ कार्यकालका लागि उम्मेद्वारी दिएपछि उनीविरुद्ध अल्जेरियाभर प्रदर्शन हुँदै आएको छ ।
उनको राजीनामा माग्दै दशौँ हजार मानिसहरु सडकमा प्रदर्शन गर्दै आएका छन् ।
यद्यपि राष्ट्रपति बोटेफ्लिकाले राजीनामा दिने संकेत भने दिएका छैनन् ।
उनीप्रति असन्तुष्ट उनको आफ्नै नेशनल लिबरेसन फ्रन्टका नेताहरुसहित यसअघि उनको समर्थनमा रहेका अरु दलका नेताहरुले पनि उनीको विपक्षमा आउन थालेका छन् ।
सन् २०१३ मा मष्तिष्कघात भएपछि उनी सार्वजनिक कार्यक्रममा दुर्लभ रुपमा मात्र देखा पर्दैआएका छन् भने उनी ह्विलचियरको सहायताबाट हिँडडुल गर्ने गरेका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  ७ : ०८ बजे

नेपालको प्राथमिक पुँजी बजारमा सुधारको खाका, धितोपत्र बोर्डद्वारा ‘भिजन २०३५’ सहितको श्वेतपत्र सार्वजनिक

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री

पटनामा सडक दुर्घटनापछि हिंसात्मक प्रदर्शन : १० वटा गाडीमा आगजनी, प्रहरी चौकी पनि जलाइयो

काठमाडौं- भारतको बिहार राज्यको राजधानी पटनामा सडक दुर्घटनामा एक युवकको

थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड : हजुरबाको पेस्तोलबाट ९ कक्षाका विद्यार्थीले लिए शिक्षकसहित ६ जनाको ज्यान

काठमाडौं- थाइल्यान्डको राजधानी बैंकक नजिकैको एक उच्च माध्यमिक विद्यालयमा शुक्रबार

प्रतिनिधिसभा बैठक : ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा सेन्टर

‘सर्वोच्चको आदेशलाई सम्मान गर्छौं, विशेष महाधिवेशनको औचित्य फेरि पुष्टि हुन्छ’

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी