डा. ओम मुर्ति अनिलको सुझाव– रक्तचाप नियन्त्रण गर्ने यी हुन् सरल उपाय « Khabarhub

डा. ओम मुर्ति अनिलको सुझाव– रक्तचाप नियन्त्रण गर्ने यी हुन् सरल उपाय


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समयमा मानिसहरुमा उच्च रक्तचापको समस्या बढी रहेको छ । अव्यवस्थित जीवनशैली, अस्वस्थकर खानपान, व्यायाम, तनाव आदी कारणले गर्दा मानिसहरुमा रक्तचापको समस्या बढीरहेको छ ।

यस्तो समस्या कम गर्न वा उच्च रक्तचापबाट बच्नका लागि जीवनशैलीमा परिवर्तन, उपयुक्त खानपान, धुम्रपान, मध्यपानको प्रयोग नगर्ने, शारिरीक श्रम, एक्सरसाइज आदी गर्नु आवश्यक हुन्छ ।

सर्वप्रथम उच्चरक्तचापको कारण छ कि छैन पत्ता लगाउनुपर्छ र सो कारणलाई नियन्त्रणमा लिनुपर्छ । उच्च रक्तचाप हुन नदिन त्यस्ता कारणहरु उत्पन्न हुनबाट रोक्नुपर्छ । यसका लागि स्वस्थ जीवनशैली अपनाउनु जरुरी हुन्छ । हेरौ वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओम मुर्ति अनिलले उच्च रक्तचापको नियन्त्रणका लागि दिएको सुझाव–

उच्च रक्तचापको नियन्त्रण को लागि के गर्ने ?

१ . धुम्रपान बन्द गर्न : यदि तपाँई धुम्रपान गर्नुहुन्छ भने यसको सेवन पूर्णरुपले बन्द गर्न अनिवार्य हुन्छ ।

२. मोटोपना घटाउनुपर्छ : यदि तपाँईमा मोटोपनाको समस्या छ भने कम्तीमा १० प्रतिशत तौल घटाउनुपर्छ ।

३ . शारीरिक गतिविधि: यदि तपाईँ शारीरिक गतिविधिमा कम सक्रिय हुनुहुन्छ भने प्रतिदिन १ देखि २ घण्टा बढी हिड्नुपर्छ ।

४. मदिरा सेवनलाई नियन्त्रण : यदि तपाईँमा मदिरा सेवन गर्नुहुन्छ भने अत्यधिक मदिरा सेवन गर्नुहुँदैन । यसलाई नियन्त्रण गर्नुपर्छ ।

५. नुन कम : यदि तपाईँले नुनिलो खानेकुरा खाँदै हुनुहुन्छ भने त्यसलाई नियन्त्रण गर्नुपर्छ अर्थात नुन कम खानुपर्छ ।

६. तनाव कम: उच्चरक्त चाप नियन्त्रणका लागि परिवर्तन गर्नुपर्ने जीवनशैलीको अर्को उपाय तपाईँमा मानसिक तनाव छ भने तनाव कम गर्नुपर्छ ।

७. पोटासियमयुक्त खाना धेरै खानुपर्छ : पोटासियम(K+) बढी भएको खानेकुराले रक्तचाप घटाउँछ । त्यसैले हाम्रो खानामा पोटासियम बढी भएका खानेकुराहरु हुनुपर्छ । साईट्रस फ्रुट्स जस्तै सुन्तला, कागती, मौसम आदिमा पोटासियम बढी हुन्छ ।केरा र अन्य ताजा फलफुलमा पनि पोटासियम बढी पाइन्छ ।

८. ताजा फलफूल नियमित खानुपर्छ : ताजा फलफुलमा पाईने भिटामिन, मिनेरल्स र फाइवरले मुटुलाई स्वस्थ् राख्ने मात्रै नभई, यसको नियमित प्रयोगले रक्तचाप पनि घटाउँछ ।

९. प्रशस्त हरियो सागसब्जी खानुपर्छ : प्रतिदिन नियमित २,३ चोटि हरियो सागसब्जी खानुपर्छ ।

१०. माछाको प्रयोग फाइदाजनक मानिन्छ : हप्तामा दुई पटक माछा खाँदा राम्रो हुन्छ ।

उच्च रक्तचापको नियन्त्रण जरुरी हुन्छ । रक्तचाप जति कम हुन्छ त्यति नै राम्रो मानिन्छ । यदि तपाईँ औषधि खाईराख्नु भएको छ भने रक्तचाप झन नियन्त्रणमा हुनुपर्छ । जुनसुकै बेला रक्तचाप १४०/९० भन्दा कम हुनुपर्छ ।रक्तचाप १२०/ ८० भन्दा कम भएमा भने राम्रो हुन्छ ।

कतिपय विरामीहरुको रक्तचाप औषधि खाएर पनि नियन्त्रण नभएको देखिन्छ । त्यस्तो अवस्थामा औषधिको मात्रा बढाएर रक्तचापको नियन्त्रण गर्नुपर्छ । जीवनशैलीमा थप परिवर्तन गर्नु पनि उत्तिकै जरुरी हुन्छ । मुटुरोगीहरुको रक्तचापको नियन्त्रण त झन राम्रो हुनुपर्छ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ४ : ०५ बजे

सहमति नभए स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन हुन्छ : सचिव अर्याल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव पद्मा अर्यालले पार्टीको

तस्बिरमा हेर्नुहोस्, काठमाडौं र लुम्बिनीको प्रतिस्पर्धा

काठमाडौं– नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार जारी

बर्दिया घटनाबारे गठित छानविन समितिले थाल्यो काम  

काठमाडौं– नागरिकता नपाउँदा बर्दियामा बाबु-छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ धरापमा, १० ओभरमा ६ विकेटको क्षति ५१ रन

काठमाडौं– नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार जारी

सम्पादकसँग ईश्वर पोखरेलको अन्तर्क्रिया (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केपी ओली बाहेक