भारतको चेन्नई पुगेका किशोरको उद्धार « Khabarhub

भारतको चेन्नई पुगेका किशोरको उद्धार


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोजगारीका लागि भारतको चेन्नई जाँदै गरेका महोत्तरी, धनुषा, सिरहा र सर्लाही जिल्लाका २६ किशोरलाई भारतको विहार राज्यको बरियारपुर सीतामढीबाट उद्धार गरिएको छ ।ललितपुरस्थित केन्द्रीय बाल कल्याण समिति, धनुषा जिल्ला बालकल्याण समिति, प्रदेश नं २ सरकार र छोराछोरी नेपालको समन्वयमा ती किशोरलाई बरियारपुर सीतामढीस्थित बालगृहबाट उद्धार गरिएको हो ।

भारतीय सुरक्षा पदधिकारीले गत चैत १३ गते विभिन्न बसबाट ती किशोरलाई हिरासतमा लिएर संरक्षणका लागि उक्त बालगृहमा राखेका थिए । केन्द्र्रीय बाल कल्याण समितिका कार्यक्रम अधिकृत सञ्जीव महतोका अनुसार उद्धार भएकामा महोत्तरीका १२, धनुषाका ९, सिरहाका तीन र सर्लाहीका दुई बालक छन् ।बाह्र देखि १७ वर्षका ती किशोर चेन्नईमा राम्रो रोजगारी पाइन्छ भनी साथीहरूबाट सुनेकाले त्यसतर्फ जान लागेको बताइएको छ । उद्धार गरिएका सबै बालक अशिक्षित छन् ।

उद्धार गरिएका बालक प्रवीण पासवानका अनुसार भारतीय सुरक्षाकर्मीले नागरिकता नहुनेलाई नियन्त्रणमा लिने र नागरिकता हुनेलाई चेन्नई जान दिने गरेका छन् । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले उद्धार गरिएका बालक अभिभावकलाई बुझाउँदै तिनलाई निगरानीमा राख्न सुझाव दिए । उनले रोजगारी दिने बहानामा बेहोस बनाएर मिर्गौला निकाल्ने गरिएकाले आ–आफ्ना छोराको ख्याल गर्न पनि आग्रह गरे ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ५ : ५५ बजे

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल असोज २३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २३ गते शुक्रबार सन् २०२६