उत्तर कोरियाली राजदूतावासमा छापा मार्ने पूर्व सैनिक अमेरिकामा पक्राउ « Khabarhub

उत्तर कोरियाली राजदूतावासमा छापा मार्ने पूर्व सैनिक अमेरिकामा पक्राउ


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्पेनको राजधानी मड्रिडमा रहेको उत्तर कोरियाको राजदूतावासमा गत फेब्रुअरी महिनामा छापा मारेको अभियोग लागेका अमेरिकी सेनाका पूर्व सैनिक अमेरिकामा पक्राउ परेका छन् ।

उनलाई बिहीबार पक्राउ गरी शुक्रबार क्यालिफोर्निया राज्यको लस एन्जल्स शहरमा रहेको संघीय अदालतमा हाजिर गराइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पक्राउ पर्नेमा अमेरिकी सेनाको मरिनका पूर्व सैनिक क्रिष्टोफर एन रहेको बताइएको छ ।

गत फेब्रुअरी महिनामा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भियतनामको राजधानी हनोईमा हुन लागेको शिखर वार्ताअघि आफूलाई उत्तर कोरियामा मानवअधिकारलाई प्रवद्र्धन गर्ने समूह बताउने चेयोलिमा सिभिल डिफेन्स नामक समूहले स्पेनको राजधानी मड्रिडमा छापा मारी त्यहाँ रहेका विद्युतीय उपकरण लिएर गएका थिए ।

उनीहरुले ती उपकरणलाई अमेरिकी संघीय अनुसन्धान व्यूरो एफबीआईसमक्ष बुझाएको जनाएका थिए ।

उनी पक्राउ पर्ने बेलामा पनि अमेरिकी अधिकारीले यही समूहका अर्का नेता एड्रियन हङ्गको आवासमा पनि अमेरिकी प्रहरीले छापा मारेको बताइएको छ । उनको आवासमा छापा मार्ने समयमा भने हङ्ग त्यहाँ नरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

फेब्रुअरी २२ मा १० जनाको समूहमा आएका मानिसहरुले रादूतावासमा छापा मारेको घटनालाई उत्तर कोरियाली विदेशमन्त्रालयले आतंककारी शैलीको संज्ञा दिँदै यो घटनामा अमेरिकी संघीय अनुसन्धान व्यूरो एफबीआईको हात रहेको भन्ने हल्ला सुनेको टिप्पणी गरेको थियो ।

यसअघि स्पेनी अधिकारीले उत्तर कोरियाली राजदूतावासमा छापा मार्ने समूह भागेर अमेरिका पुगेको भन्दै उनीहरु विरुद्ध अन्तर्राष्ट्रिय पक्राउ पुर्जी जारी गरेका थिए । स्पेनको एक अदालतले उनीहरुलाई स्पेन सुपुर्दगी गर्न आदेश दिइसकेको छ ।

यद्यपि हाल पक्राउ परेको अभियुक्तलाई भने अमेरिकी अदालतले स्पेनमा सुपुर्दगी गर्न आदेश दिने वा नदिने भन्ने स्पष्ट भइसकेको छैन ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ८ : ३० बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर