उत्तर कोरियाली राजदूतावासमा छापा मार्ने पूर्व सैनिक अमेरिकामा पक्राउ « Khabarhub

उत्तर कोरियाली राजदूतावासमा छापा मार्ने पूर्व सैनिक अमेरिकामा पक्राउ


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्पेनको राजधानी मड्रिडमा रहेको उत्तर कोरियाको राजदूतावासमा गत फेब्रुअरी महिनामा छापा मारेको अभियोग लागेका अमेरिकी सेनाका पूर्व सैनिक अमेरिकामा पक्राउ परेका छन् ।

उनलाई बिहीबार पक्राउ गरी शुक्रबार क्यालिफोर्निया राज्यको लस एन्जल्स शहरमा रहेको संघीय अदालतमा हाजिर गराइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पक्राउ पर्नेमा अमेरिकी सेनाको मरिनका पूर्व सैनिक क्रिष्टोफर एन रहेको बताइएको छ ।

गत फेब्रुअरी महिनामा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भियतनामको राजधानी हनोईमा हुन लागेको शिखर वार्ताअघि आफूलाई उत्तर कोरियामा मानवअधिकारलाई प्रवद्र्धन गर्ने समूह बताउने चेयोलिमा सिभिल डिफेन्स नामक समूहले स्पेनको राजधानी मड्रिडमा छापा मारी त्यहाँ रहेका विद्युतीय उपकरण लिएर गएका थिए ।

उनीहरुले ती उपकरणलाई अमेरिकी संघीय अनुसन्धान व्यूरो एफबीआईसमक्ष बुझाएको जनाएका थिए ।

उनी पक्राउ पर्ने बेलामा पनि अमेरिकी अधिकारीले यही समूहका अर्का नेता एड्रियन हङ्गको आवासमा पनि अमेरिकी प्रहरीले छापा मारेको बताइएको छ । उनको आवासमा छापा मार्ने समयमा भने हङ्ग त्यहाँ नरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

फेब्रुअरी २२ मा १० जनाको समूहमा आएका मानिसहरुले रादूतावासमा छापा मारेको घटनालाई उत्तर कोरियाली विदेशमन्त्रालयले आतंककारी शैलीको संज्ञा दिँदै यो घटनामा अमेरिकी संघीय अनुसन्धान व्यूरो एफबीआईको हात रहेको भन्ने हल्ला सुनेको टिप्पणी गरेको थियो ।

यसअघि स्पेनी अधिकारीले उत्तर कोरियाली राजदूतावासमा छापा मार्ने समूह भागेर अमेरिका पुगेको भन्दै उनीहरु विरुद्ध अन्तर्राष्ट्रिय पक्राउ पुर्जी जारी गरेका थिए । स्पेनको एक अदालतले उनीहरुलाई स्पेन सुपुर्दगी गर्न आदेश दिइसकेको छ ।

यद्यपि हाल पक्राउ परेको अभियुक्तलाई भने अमेरिकी अदालतले स्पेनमा सुपुर्दगी गर्न आदेश दिने वा नदिने भन्ने स्पष्ट भइसकेको छैन ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ८ : ३० बजे

प्रहरी महानिरीक्षक कार्कीद्वारा महिला भलिबल टोलीको बिदाइ

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले माल्दिभ्समा हुने काभा भलिबल

आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र भएको इरानको दाबी

तेहरान – आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र

अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ

कर्णाली – लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान

आजका समाचार : प्रचण्ड प्रधानमन्त्री नबन्ने, १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो र भारतले नेपाललाई दिने अनुदान रकम बढायो

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’ नेपाली

पत्रकार सिटौलाको अन्तिम बिदाइ, कुलमानदेखि बालेनसम्म पुगे (तस्बिरहरू)

काठमाडौं- आइतबार मध्याह्न उपचारका क्रममा काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएका