वर्तमान सरकार कुहिरोको काग जस्तो– पौडेल « Khabarhub

वर्तमान सरकार कुहिरोको काग जस्तो– पौडेल


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसका लागि भ्रष्टाचारको विषय पहिलो एजेण्डा हुने बताएका छन् ।

बुटवलमा नेपाली काङ्ग्रेस, रुपन्देही क्षेत्र नं ४ द्वारा शनिवार आयोजित क्षेत्रीय सम्मेलनमा नेता पौडेलले भ्रष्टाचारको विषयमा कुनै सम्झौता नहुने बताए ।

नेता पौडेलले मुलुकमा संस्थागत भ्रष्टाचार बढेको उल्लेख गर्दै बालुवाटारको जग्गा प्रकरणमा संलग्न भएकालाई संसद्मा ठ¥याउनुपर्ने विचार व्यक्त गरे ।

नेता पौडेलले वर्तमान सरकार कुहिरोको काग भएको टिप्पणी गर्दै अरुको आलोचना गर्ने सरकारले आत्म समीक्षा गर्न नसकेको बताए ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले सरकार विरुद्ध आन्दोलन आवश्यक भएको बताए ।

नेपाली काङ्ग्रेस प्रतिनिधिसभाका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रधानमन्त्री ओली नियन्त्रण शासन प्रणालीको पक्षमा भएको र सभामुख कृष्णबहादुर महरा सत्ताको लाचार छाँया जस्तो देखिएको आरोप लगाए ।

नेपाली काङ्ग्रेसका सांसद गगनकुमार थापाले सरकारबाटै संविधानलाई खतरा भएको टिप्पणी गरे ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  १० : ११ बजे

अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास

एजेन्सी– उत्तर कोरियासँग संवाद पुनः सुरु गर्न खोजिरहेको अमेरिकाले दक्षिण

बाढीको जोखिमपछि तिब्बतमा उद्धार रोकियो

बेइजिङ– चीन–नेपाल सीमा क्षेत्रमा बाढीको जोखिम बढेपछि चीनले तिब्बतमा जारी

भोटेकोशीमा बहाव बढेपछि विदुरमा उद्धार टोली हटाइयो

नुवाकोट- भोटेकोशी नदीमा पानीको बहाव बढेपछि नुवाकोट सदरमुकाम विदुरमा उद्धार तथा

स्याटेलाइट तस्बिरले देखायो केरुङ पहिरोको भयावह दृश्य, सम्भावित पहिरोको स्रोत र बहाव मार्ग पहिचान

काठमाडौं- नेपाल–चीन सीमा नजिक चीनको तिब्बतस्थित केरुङ काउन्टीमा गएको विनाशकारी

रसुवा बाढी : आँबुखैरेनी र देवघाटमा २८ जनाको शव भेटियो

दमौली– तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा