शर्माको निधनले नेपाली भाषा साहित्यका क्षेत्रमा ठूलो क्षति पुग्यो– प्रधानमन्त्री « Khabarhub

शर्माको निधनले नेपाली भाषा साहित्यका क्षेत्रमा ठूलो क्षति पुग्यो– प्रधानमन्त्री


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌–  कोषकार एवं साहित्यकार वसन्तकुमार शर्माको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । सन्तानब्बे वर्षको उमेरमा साहित्यकार शर्माको चाबहिल मैजुबहालस्थित आफ्नै निवासमा आज निधन भएको थियो ।उनको निधनले नेपाली भाषा साहित्यका क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै प्रधानमन्त्री ओलीले शोकसन्तप्त परिवारमा समवेदन प्रकट गरे ।

उनले आज सामाजिक सञ्जाल ट्वीटमार्फत भनेका छन्“वरिष्ठ भाषाशास्त्री, शब्दकोषकार तथा साहित्यकार वसन्तकुमार शर्मा ‘नेपाल’को निधनको खबरले अत्यन्त दुःख लागेको छ, उहाँको निधनले नेपाली भाषा साहित्यको क्षेत्रमा ठूलो क्षति पुगेको छ, दिवङ्गत स्रष्टाप्रति हार्दिक श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।”

विसं १९७९ चैत शुक्ल नवमी अर्थात् रामनवमीका दिन जन्मनुभएका साहित्यकार शर्मा दुई महीनादेखि निवासमै अचेत अवस्थामा थिए । उनीमस्तिष्कघात (ब्रेन स्ट्रोक), अल्सरलगायत रोगबाट पनि पीडित थिए । नेपाली भाषामा सबैभन्दा धेरै शब्द सङ्कलन गरिएको उनको ‘नेपाली शब्दसागर’ विसं २०५७ चैत ३० गते प्रकाशन भएको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ७ : ५५ बजे

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि

समस्याग्रस्त सहकारीका बचतकर्तालाई  विवरण अद्यावधिक गर्न आग्रह

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई

आईसीसी विश्वकप क्रिकेट लिग–२ : क्यानडाले बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा अहिले नेपालले र क्यानडा

चाडपर्व मनाउन फर्किनेको भीड, नाकामै डेंगु, एचआइभीलगायत छ रोगको जाँच गरिँदै

कञ्चनपुर– दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका

पहिरोले घेरिएको पाउद्धार : विस्थापितलाई गाउँ फर्किन अन्योल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका वीरबहादुर पाइजाको परिवार विगत १५