देश समृद्धि र विकास तर्फ अघि बढिरहेको छ – प्रधानमन्त्री « Khabarhub

देश समृद्धि र विकास तर्फ अघि बढिरहेको छ – प्रधानमन्त्री


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी–  प्रधानमन्त्री केपी शर्मा ओलीले देश समृद्धि र विकास तर्फ अघि बढिरहेको बताए ।

पूर्वी नवलपरासीको सदरमुकाम नमूना सदरमुकामको कावासोती नगरपालिका–३ मा आज शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले देशमा बाटो घाटो, पुल पुलेसा, शिक्षा स्वास्थ्य लगायतका अन्य सबै क्षेत्रको समेत विकास हुँदै गएको बताए ।

जलविद्युत्देखि पानी जहान सञ्चालनसम्मको योजनाअघि बढाउन सरकार लागि परेको जनाउँदै उनले अब मुलुकले समृद्धि र विकासको गति लिएको बताए। हुलाकी राजमार्गदेखि अन्य विकास निर्माणका काम साथै कृषि, पर्यटन लगायतका अन्य विविध क्षेत्रमा समेत सरकारले लक्ष्यअनुसार काम अघि बढिरहेको उनले चर्चा गरे ।

कोरला नाकाको विकासका लागि सरकार लागेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले समग्र देशको चौतर्फी विकासका लागि आफू अगाडि बढेको उल्लेख गरे ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घ र प्रदेशअन्तर्गतका कार्यालय एकीकृत रुपमा स्थापना गर्ने योजनालाई रकम अभावका कारणले कुनै समस्या हुन नदिने प्रतिबद्धता गरे ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले त्रिवेणी पोखरा हुँदै कोरला नाकाको सडक सञ्जाल विस्तारमा सङ्घीय सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताए ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ९ : १८ बजे

मलेसियाको आन्तरिक पर्यटन ११ प्रतिशतले बढ्यो

एजेन्सी– मलेसियामा सन् २०२५ मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव

विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले

स्वास्थ्य बिमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सम्पन्न

काठमाडौं- नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा सम्पन्न

प्राधिकरणका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमलाई विशेष