सामान्य प्रशासनको विधेयकमा परराष्ट्रको असहमति | Khabarhub Khabarhub

सामान्य प्रशासनको विधेयकमा परराष्ट्रको असहमति


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज(सोमबार) प्रकाशित कान्तिपुर दैनिकले सामान्य प्रशासनको विधेयकमा परारष्ट्रको असहमति शीर्षकको समाचार प्रकाशन गरेको छ ।

समाचारमा जनाइए अनुसार प्रशासनको जुनसुकै सेवाबाट पनि परराष्ट्र सचिव बनाउन सकिने विद्येयकबारे परराष्ट्र मन्त्रालयले संसदीय समितिमा असहमतिपत्र दर्ता गरेको छ ।

त्यस्तो विद्येयकप्रति कूटनीतिक ज्ञाताहरुले आश्चर्य प्रकट गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितद्वारा संसदमा प्रस्तुत विद्येयकमा उल्लेखित ‘कुनै पनि सेवाको सचिव तहको पदस्थान परराष्ट्रमा हुन सक्ने’ बुँदाबारे शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिमा बहस सकिएको छ ।

प्रस्तावित ‘संघीय निजामती सेवा गठनसम्बन्धी विद्येयक’ पारित भए न्याय र लेखा परीक्षणबाहेक सरकारले सबै सेवाका सचिवलाई आफूले चाहेको मन्त्रालयमा सरुवा गर्न बाटो खुल्नेछ ।

त्यस्तै कान्तिपुरले मोदी दोहोरिने प्रक्षेपण शीर्षकको अर्को समाचार प्रकाशन गरेको छ । भारतमा १७ औं लोकसभा निर्वाचन सकिएको छ । र निर्वाचन सकिएसँगै सार्वजनिक भएका आधा दर्जन बढी मत सर्वेक्षण एग्जिट पोलका नतिजाले भारतीय जनता पार्टीका को नेतृत्वको गठवन्धनकै सत्ता निरन्तर रहने प्रक्षेपण गरिएको छ ।

सर्वेक्षणहरुले लोकसभा चुनावमा एनडीएले २ सय ८० देखि ३ सय सिट जित्ने आकलन गरिएको छ । ५ सय ४३ सिटका लागि चुनाव भएको थियो ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ७ : ०४ बजे

निर्वाचन तोकिएकै मितिमा हुन्छ : गृहमन्त्री अर्याल

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका

मधेश प्रदेशसभा सदस्य शर्माको घरमा आगजनी

पर्सा – मधेश प्रदेशसभा सदस्य विनादेखी शर्माको वीरगञ्ज महानगर–६ स्थित

देउवा दम्पती उपचारका लागि सिंगापुर प्रस्थान (तस्बिरहरू)

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य

‘अब सुन्छ अमेरिका’ टुर सकिएपछि एलिनाले भनिन्– कलाकारलाई नोकरझैँ गरियो, कैदीझैँ राखियो

काठमाडौँ– फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा चलेको सांगीतिक

नेदरल्यान्ड्सका म्याक्स ओ डाउड कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि कर्णाली