जागरण अभियानमा नेतृत्वप्रति आक्रोश, सिटौलाले भने–पार्टी नेतृत्व चुक्यो | Khabarhub Khabarhub

जागरण अभियानमा नेतृत्वप्रति आक्रोश, सिटौलाले भने–पार्टी नेतृत्व चुक्यो


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङको उर्लाबारीमा आइतबार आयोजित नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानमा कार्यकर्ताले पार्टी नेतृत्वप्रति तीव्र आक्रोश व्यक्त गरेका छन् ।

कांग्रेस उर्लाबारी नगर समितिले आयोजना गरेको कार्यक्रममा सहभागी कार्यकर्ताले प्रदेश र सङ्घीय निर्वाचनको पराजय र त्यसपछि प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको भन्दै कार्यकर्ताले नेतृत्वप्रति तीव्र आक्रोश व्यक्त गरेका हुन् ।

कांग्रेसका पूर्व जिल्ला सदस्य राधाकृष्ण पोख्रेलले काङ्ग्रेसभित्र ६०/४० को भागबण्डा के हो भन्दै नेता पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई प्रश्न गरेका थिए ।

आक्रोशित रुपमा प्रस्तुत भएका उनले सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शेखर कोइराला, नेता कृष्णप्रसाद सिटौलाको फरक–फरक गुट रहेसम्म कांग्रेसले आगामी निर्वाचनमा पनि विजयी हासिल गर्न नसक्ने ठोकुवा गरे। गाउँगाउँसम्म कांग्रेसको नेतृत्वप्रति कार्यकर्ता निराश रहेको बताउँदै उनले यस्तै अवस्थामा पार्टी कसरी बलियो हुन्छ भन्दै प्रश्न गरे ।

नेपाल महिला सङ्घका मोरङ क्षेत्र नं १ का सभापति गोमा नेपालले कांग्रेसका नेता कार्यकर्तामा आफू आफूमा हार्दिकता हराउँदै गएकोमा चिन्ता व्यक्त गरिन् । सोमप्रसाद तिम्सिनाले प्रमुख प्रतिपक्षीको भूमिका अहिले नेपाली मिडियाले गर्नुपर्ने अवस्था आएको धारणा राखे ।

यस्तै सुरेश खड्का, सुरेश राई, नारायणप्रसाद आचार्य, भीम थापा, इन्द्रकुमार ओली, विमल निरौला, जनक खड्का, गीता खतिवडालगायतका पार्टी कार्यकर्ताले पनि पार्टी गुटउपगुट र चुनावी टिकट वितरण प्रणाली निष्पक्ष नहुँदा पार्टीले पराजय व्यहोर्नुपरेको भन्दै आक्रोश व्यक्त गरे। कार्यक्रममा कांग्रेसका क्षेत्रीय सभापति एवं उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोले कांग्रेसले सक्षम नेतृत्व गर्न नसकेको बताए ।

नेता सिटौलाले सङ्घ र प्रदेशको निर्वाचनमा उम्मेदवार चयन गर्न पार्टी नेतृत्व चुकेको स्वीकार गरे। उम्मेदवार छनोट निष्पक्ष हुन नसकेकै कारण कांग्रेस पराजित भएको उनको भनाइ थियो । बिना सङ्गठन पार्टी चलायनमान नहुने बताउँदै नेता सिटौलाले तुरन्तै १४ औँ महाधिवेशन गर्नुपर्ने अथवा अन्तरिम व्यवस्था गरेर भए पनि पार्टीलाई सङ्घीय संरचनामा लैजान आवश्यक रहेको बताए ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ७ : ५६ बजे

सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क

काठमाडौं – अध्यागमन विभागले सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकको

राष्ट्रपति पौडेल र पूर्वप्रधानन्याधीश कार्कीबीच भेटवार्ता हुँदै

काठमाडौँ- अन्तरिम सरकारको प्रधानमन्त्रीमा प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र राष्ट्रपति

शीर्ष दलका युवा नेताले भने : संविधान सम्मत ढंगले अन्तरिम सकार गठन गरियोस्

काठमाडौं – हालैको जेन–जी आन्दोलनमा निहत्ता युवामाथि गोली प्रहार गरी

हालसम्म एक हजार ५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, १३ हजारभन्दा बढी फरार

काठमाडौं – जेनजीका नाममा भएको प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागार

जेन-जी आपसी विवादमा अल्झिँदा सडकमा दलका कार्यकर्ता

काठमाडौँ- जेन-जी युवाहरूबीच अन्तरिम सरकारको नेतृत्वपलाई लिएर विवाद बढ्न थालेपछि