जागरण अभियानमा नेतृत्वप्रति आक्रोश, सिटौलाले भने–पार्टी नेतृत्व चुक्यो « Khabarhub

जागरण अभियानमा नेतृत्वप्रति आक्रोश, सिटौलाले भने–पार्टी नेतृत्व चुक्यो


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङको उर्लाबारीमा आइतबार आयोजित नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानमा कार्यकर्ताले पार्टी नेतृत्वप्रति तीव्र आक्रोश व्यक्त गरेका छन् ।

कांग्रेस उर्लाबारी नगर समितिले आयोजना गरेको कार्यक्रममा सहभागी कार्यकर्ताले प्रदेश र सङ्घीय निर्वाचनको पराजय र त्यसपछि प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको भन्दै कार्यकर्ताले नेतृत्वप्रति तीव्र आक्रोश व्यक्त गरेका हुन् ।

कांग्रेसका पूर्व जिल्ला सदस्य राधाकृष्ण पोख्रेलले काङ्ग्रेसभित्र ६०/४० को भागबण्डा के हो भन्दै नेता पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई प्रश्न गरेका थिए ।

आक्रोशित रुपमा प्रस्तुत भएका उनले सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शेखर कोइराला, नेता कृष्णप्रसाद सिटौलाको फरक–फरक गुट रहेसम्म कांग्रेसले आगामी निर्वाचनमा पनि विजयी हासिल गर्न नसक्ने ठोकुवा गरे। गाउँगाउँसम्म कांग्रेसको नेतृत्वप्रति कार्यकर्ता निराश रहेको बताउँदै उनले यस्तै अवस्थामा पार्टी कसरी बलियो हुन्छ भन्दै प्रश्न गरे ।

नेपाल महिला सङ्घका मोरङ क्षेत्र नं १ का सभापति गोमा नेपालले कांग्रेसका नेता कार्यकर्तामा आफू आफूमा हार्दिकता हराउँदै गएकोमा चिन्ता व्यक्त गरिन् । सोमप्रसाद तिम्सिनाले प्रमुख प्रतिपक्षीको भूमिका अहिले नेपाली मिडियाले गर्नुपर्ने अवस्था आएको धारणा राखे ।

यस्तै सुरेश खड्का, सुरेश राई, नारायणप्रसाद आचार्य, भीम थापा, इन्द्रकुमार ओली, विमल निरौला, जनक खड्का, गीता खतिवडालगायतका पार्टी कार्यकर्ताले पनि पार्टी गुटउपगुट र चुनावी टिकट वितरण प्रणाली निष्पक्ष नहुँदा पार्टीले पराजय व्यहोर्नुपरेको भन्दै आक्रोश व्यक्त गरे। कार्यक्रममा कांग्रेसका क्षेत्रीय सभापति एवं उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोले कांग्रेसले सक्षम नेतृत्व गर्न नसकेको बताए ।

नेता सिटौलाले सङ्घ र प्रदेशको निर्वाचनमा उम्मेदवार चयन गर्न पार्टी नेतृत्व चुकेको स्वीकार गरे। उम्मेदवार छनोट निष्पक्ष हुन नसकेकै कारण कांग्रेस पराजित भएको उनको भनाइ थियो । बिना सङ्गठन पार्टी चलायनमान नहुने बताउँदै नेता सिटौलाले तुरन्तै १४ औँ महाधिवेशन गर्नुपर्ने अथवा अन्तरिम व्यवस्था गरेर भए पनि पार्टीलाई सङ्घीय संरचनामा लैजान आवश्यक रहेको बताए ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ७ : ५६ बजे

विपद्‍मा अमानवीय हर्कत : नारायणीले बगाएर ल्याएको शवबाट मुन्द्रा तान्ने दुईजना पक्राउ

भरतपुर- विपद्का समयमा लुटपाट तथा अमानवीय गतिविधि गर्ने दुईजना मानिस

जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जलवायु

भोटेकोशी नदीमा अर्को बाढीको उच्च जोखिम, तटीय र किनार क्षेत्र छाड्न आग्रह

काठमाडौं- भोटेकोशी नदीमा अर्को ठूलो सम्भावित बाढीको जोखिम बढेपछि तल्लो

कार्टुन : लाशमाथि डलर खेती !

काठमाडौं– बुधबार रसुवागढीस्थित भोटेकोसीमा आएको भीषण बाढीपछि देश यतिबेला शोकमग्न