दिशा पटानीका पुराना तस्वीर देखेर फ्यान परे चकित ! | Khabarhub Khabarhub

दिशा पटानीका पुराना तस्वीर देखेर फ्यान परे चकित !


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिशा पटानी बलिउड अभिनेत्रीमध्ये चर्चामा आइरहने नायिका हुन् । यी नायिकाको रुपको पनि खुबै चर्चा हुने गर्छ । सामाजिक सञ्जालमा तस्वीर अपडेट गर्दा पनि उनी भाइरल हुने गर्छिन् । उनले फिटनेस रहनमा पनि उत्तिकै रुचि देखाउँछिन् ।

अहिलेकी हिट नायिका सुन्दरी पनि देखिन्छिन् । तर, यी क्युट नायिका पहिले कस्ती थिइन् त ? केही तस्वीर हेर्दा लाग्छ, यी दिशाका तस्वीर नै होइनन् ।

दिशाका पुराना तस्वीर सामाजिक सञ्जालमा थिए । यी तस्वीरमा दिशा आजकी जस्ती देखिँदैनथिन् । उनी बिल्कुलै फरक देखिन्थिन् ।

केही तस्वीरमा त दिशा नै हुन् र ? भनेर फ्यानले प्रश्न पनि गरेका छन् । दिशा आज जति हट देखिन्छिन् । पुराना तस्वीरमा उनी उत्तिकै क्युट देखिन्छिन् ।

यी अभिनेत्रीले क्रिकेटर एम एस धोनीको बायोपिक फिल्म ‘एम.एस. धोनी – द अनटोल्ड स्टोरी’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् । उनी अहिले हिट नायिकामा गनिन्छिन् ।

पछिल्लो समय दिशाको नाम टाइगर श्राफसँग जोडिएर आउने गर्छ । यी दुईले फिल्म ‘बागी २’ मा एकसाथ काम गरेका थिए । यो फिल्मबाट दिशाले पनि खुबै चर्चा कमाएकी थिइन् ।

 

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  २ : ०२ बजे

श्रीमती बचाउन गएका खड्कलालको करेन्ट लागेर मृत्यु

बाँके–  बैजनाथ गाउँपालिका-२ कलरामपुर स्याली गाउँ बस्ने ७३ वर्षीय खड्कलाल जैसीको करेन्ट

बुटवल-नारायणगढको दाउन्ने खण्ड शीघ्र सम्पन्न गर्नुपर्नेमा जोड

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढको १४ किलोमिटर दाउन्ने खण्डमा

शेखरलाई साथ दिँदै विनोद चौधरीलाई गुरू घिमिरेको ८ बुँदे ‘काउन्टर’

काठमाडौं- डलर अर्बपति विनोद चौधरीले नेपाली कांग्रेसका नेता डा. शेखर

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

मकवानपुर– १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मनहरी गाउँपालिका-१ मकरी बस्ने

खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ : मन्त्री चौधरी

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद