‘प्लेयर अफ दिय इयर’सँगै एम्बाप्पले जिते २ अवार्ड « Khabarhub

‘प्लेयर अफ दिय इयर’सँगै एम्बाप्पले जिते २ अवार्ड


६ जेष्ठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

फ्रान्स तथा पेरिस सेन्ट जर्मन (पीएसजी) का स्ट्राइकर केलियन एमबाप्पे ‘प्लेयर अफ दि इयर’ अवार्डबाट सम्मानित भएका छन् ।

फ्रान्सेली लिग वानमा यस सिजनमा उत्कृष्ट प्रदर्शन गरेका एमबाप्पेले युनियन नेसनल डी फुटबलर्स प्रोफेसनल्स (युएनएफपी) ले प्रदान गर्ने प्लेयर अफ दि इयर अवार्ड जितेका हुन् ।

युएनएफपीले एम्बाप्पेलाई आइतबार राति अवार्ड प्रदान गरेको हो । यस्तै, एमबाप्पेले ‘वर्ष युवा खेलाडी’को अवार्ड समेत हात पारेका छन् ।

पीएसजीलाई लिग वानको उपाधि दिलाउन मुख्य भूमिका खेलेका एम्बाप्पेले लगातार तेस्रो सिजन वर्ष युवा खेलाडीको अवार्ड जिते ।

एमम्बाप्पेले यो सिजनमा लिग वानमा सर्वाधिक ३० गोल गरे । अवार्ड पाएका एम्बाप्पेले आफ्नो लागि सबैभन्दा खुसीको क्षण भएको बताए । ‘यो मेरा लागि निकै महत्वपूर्ण क्षण हो । जुन मेरो करियरका लागि पहिलो वा दोस्रो टर्निङ पोइन्ट हो जस्तो लाग्छ,’ उनले भने,‘मैले यहाँ धेरै कुरा पाएको छु । यो सफलतासँगै मैले अझै धेरै जिम्मेवारी बढे जस्तो लागिरहेको छ ।’

प्रकाशित मिति : ६ जेष्ठ २०७६, सोमबार  २ : ३४ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका